६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

धरानमा दिनदहाडै छुरा प्रहार, एकको हत्या, चार पक्राउ



धरान–१३ राईटोलका अन्दाजी १७ वर्षीय एक युवालाई बिहीबार दिनदहाडै छुरा प्रहार गरी हत्या गरेको छ ।

रोजन ताम्राकार नाम गरेका युवालाई छुरा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनलाई उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने क्रममा मृत्यु भएको हो ।

के कारणले घटना भएको हो त्यो खुल्न नसकेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए । हत्यामा संलग्नको आशंकामा चार जना युवाहरुलाई पक्राउ गरेको छ । अनुसन्धानमा बाधा पर्ने भन्दै पक्राउ परेका युवाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।

ताम्राकारलाई चिउडोमा, पेटमा र ढाँडमा छुराले रोपेको अवस्थामा लक्ष्मीचोकको नालामा घोप्टो परेको अवस्थामा वडा प्रहरी कार्यालय धरानले फेला पारेको थियो ।

प्रकाशित : १८ कार्तिक २०७३, बिहिबार ००:००