१५ बैशाख २०८१, शनिबार । April 27, 2024

खेलकुद

ट्राइब्रेकरमा चर्च व्वाइज विजयी



मोरङको केरौनमा जारी ‘प्रुडेन्सियल चौथो केरौन जहदा गोल्डकपको दोस्रो सेमिफाइनल खेलबाट विजयी हुदै चर्च व्वाइज काठ्माडौँ फाइनलमा प्रवेश गर्र्दै उपाधि नजिक पुगेको छ । पूर्व क्षेत्रीय प्रहरी केन्द्र बिराटनगरलाई ट्राइब्रेकरमा ३–० को गोल अन्तरले पराजित गर्दै चर्च व्वाइज टीम फाइनलको उपाधि नजिक पुगोको हो ।
शुक्रबार भएको निकै प्रतिष्पर्धात्मक खेलको निर्धारीत ७० मिनेटको मध्यन्तर अघि गोलरहित बरावरीमा हाफ भएको थियो । खेलको मध्यन्तर पछि १–१ गोलको बराबरीमा रोकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो । दुवै टीमले पाएका पटक–पटकका अवसरलाई सदुपयोग गर्न नसक्दा खेलको निर्ण ट्राइब्रेकरसम्म धकेलिन पुग्यो । खेलको हाफ अघि चर्च व्वाइज टिमले दवावमा राखेको थियो । ट्राइब्रेकरमा चर्च व्वाइजका क्याप्टेन पाल्साङ लामा,अफ्रिकिन खेलाडी जाजा जिहा र बुद्धिमान राईले गोल गरे । त्यसैगरी प्रहरीका दिनेश गुरुङले पहिलो गोल प्रहार गरेको पाष्टबाट बाहिरिएको थियो । त्यसैगरी प्रहरीकै मित्र बस्नेतले दोस्रो गोल पोष्ट बाहिर प्रहार गरेका थिए । प्रहरीका अर्का खेलाडी उज्वल राईले प्रहार गरेको बल चर्च व्वाइजका गोल रक्षक किशोर गिरीले सहजै पञ्ज गरेर बाहिर फ्याकिदिए पछि प्रहरी पराजय भोगेका थिए ।
खेलको २१ मिनेटमा चर्च व्वाइजका अफ्रिकिन खेलाडी जर्सी नम्बर १० माटिन कायाडेले यार्ट नजकबाट प्रहार गरेको गोल पोष्ट बाहिरियो । खेलको २४ मिनेटमा चर्च व्वाइजकै अफ्रिकिन खेलाडी जर्सी नम्बर १३ का जाजा जियाले २२ यार्डबाट प्रहार गरेको गोल पोष्ट बाहिरिएको थियो । त्यसैगरी खेलको २६ मिनेटमा प्रहरीका १४ नम्बरे युवराज राईले पाएको सानदार गोल प्रहार गर्दा पोष्ट बाहिरिएको थियो ।
त्यसैगरी खेलको हाफ टाइमको ३ मिनेटमा प्रहरीको जर्सी नम्बर ९ का दिपेन राईले सानदार गोल गर्दै टिमलाई बलियो बनाएका थिए । त्यसैगरी खेलको २९ मिनेटमा चर्च व्वाइजका २१ नम्बरे कर्ण लिम्बूले गोल गर्दै खेललाई बराबरी बनाएका थिए । खेलको म्यान अफ द म्याच प्रहरीका जर्सी नम्बर ११ का बिशाल खवास घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत फाइनलको खेल शनिबार आयोजक नव प्रगतिशिल समाज सेवा क्लब र चर्च व्वाइज काठमाडौ विच हुने भएको छ । शनिबार हुने प्रतियोगितामा ८ वटा टीमले सहभागिता जनाएको थियो । खेलको विजेता टिमलाई १ लाख ११जहार १सय ११ रुपैया र उपविजेता टिमलाई ५५ हजार ५ सय ५५ रुपौया र ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गर्ने भएको छ । खेलको फाइनलमा १५ हजार बरारको म्यान अफ द सिरिज र बढी गोल गर्नेलाई १५ हजार नगदले पुरस्कृत गरिने खेल संयोजक चरण गुरुङले बताए ।

प्रकाशित : १३ कार्तिक २०७३, शनिबार ००:००