३ बैशाख २०८१, सोमबार । April 15, 2024

ग्लोबल

अब्रोड स्टडीमा जांदै हुनुहुन्छ ? विषय छनौट कसरी ? थाहा पाउन यो पढ्नुहोस्



Sydney Opera House and Ferry

युवापुस्तामा अब्रोड स्टडी गर्ने लहर छ अहिले । जुनसुकै लेभलका विद्यार्थी अब्रोड स्टडीमा जान हतारोमा छन् । विदेशमा गएर उच्च शिक्षा हासिल गर्ने तरिका अहिले विगतमा जस्तै कठिन छैन । सामान्य तरिकाले पनि विदेशमा स्टडी गर्न जान सकिने अवस्था छ । विदेशमा गएर अध्ययन गर्ने विद्यार्थीको संख्या वर्षेनी बढ्दो छ । विदेशमा उच्च शिक्षा हासिल गर्न निकै खर्चिलो पनि छ । त्यसैले विदेश अध्ययन जानूपूर्व जुन सुकै विद्यार्थीले यस बारे ख्याल गर्नु आवश्यक हुन्छ । यता तिर लाग्दा विद्यार्थीको पाईला यदि गलत भएमा उनीहरुको समय र पैसाको त्यतिकै खेर जान्छ । साथै त्यसको क्षती बेहोर्नु पर्ने अवस्था पनि आउन सक्छ । यसबारे प्रयाप्त ज्ञानको कमीले कति विद्यार्थीको जिवननै वर्वाद पनि भएको घटना पाउन सकिन्छ । त्यसैले अब्रोड स्टडी जानको लागि हतार गर्नु भन्दा पहिले उक्त कुरामा पर्याप्त जानकारी लिएर अब्रोड स्टडी जानुनै प्रत्येक विद्यार्थीका लागि बढी श्रेयष्कर हुन्छ ।

पहिलो प्राथमिकता रुचि छनौट
अब्रोड स्टडी जानु अघि कुनै पनि करिअर एक्सपर्ट संग सरसल्लाह गर्नु राम्रो हुन्छ । विद्यार्थीले अध्ययनका लागि त्यस विषय छान्नु पर्छ जुन विषय अध्ययनका लागि सम्बन्धित विद्यार्थीलाई रमाईलो लागोस् । यहि कुरा कुनै पनि शैक्षिक परामर्शदाताले बताउने गर्दछन् । विषय यस्तो होस जुन विषयमा तंपाईको मन जान्छ । यस्तो भएमा त्यसैमा तंपाईको फलिफाप पनि हुने सम्भावना बढी हुन्छ । मन नलागेका विषयले विद्यार्थीले राम्रो प्रगति गर्न सक्दैनन् । यसमा पूर्ण ध्यान जान सक्दैन । परिणाम उक्त विषयमा विद्यार्थीले राम्रो प्रदर्शन गर्न सक्दैनन् र उनिहरुको चाहना पूरा हुन सक्दैन । अनि विद्यार्थीले जिवनको उच्च शिक्षा पाउन सक्दैनन् । उदाहरण स्वरुप विद्यार्थीलाई आईटी विषयमा रुची छ भने अकाउन्ट रोज्नु मुर्खता हुनुका साथै विद्यार्थीको उपलब्धी आइटी विषयमानै लगभग उच्च रहन्छ । त्यसैले विषय विद्यार्थीको रुचीको हुनुपर्दछ ।

आफ्नो शैक्षिक अवस्थामा ध्यान
विषय चयन गर्नु अघि विद्यार्र्थीले जुन विषय छानीरहेका हुन्छन् उक्त विषयमा विद्यार्थीको ब्याकग्राउन्ड कस्तो छ । उक्त विषयमा विद्यार्थीले राम्रो अंक ल्याएकोे छ की छैन । यस बारे सोच्नु आवश्यक हुन्छ । यदि विषयमा विद्यार्थीले राम्रो अंक प्राप्त गर्न सकेको छैन भने यस अघि विद्यार्थीकोे उक्त विषयलाई अगाडी बढाउन गाह्रो हुन्छ । यसले विद्यार्र्थीलाई अघि बढ्न मुश्किल पार्न सक्छ । त्यहि विषयमा यदि विद्यार्र्थीले राम्रो अंक ल्याएको छ भने आफ्नो त्यहि विषय विद्यार्थीले छान्नु सक्छन् । यसमा कुनै अप्ठ्यारो पर्नेछैन । उक्त विषयमा विद्यार्र्थीलाई राम्रै ज्ञान भएकाले पछि अगाढीको उच्च शिक्षा लिन सजीलो पर्दछ ।

आर्थिक हैसियत र लक्ष्य
प्राय जसो अब्रोड स्टडीमा जाने विद्यार्थीले पूर्ण रुपमा छात्रवृती पाएका हुंदैनन् । केहीले मात्र सतप्रतिशत छात्रवृती पाएका हुन्छन् । बांकी पैसा विद्यार्थी आफैले वा अभिभावकलेनै तिुर्न पर्नेहुन्छ । अध्ययन खर्च र रहनसहनका लागि विद्यार्थी आफैले ब्यवस्था गर्नुपर्छ । अब्रोड स्टडी खर्चिलो अध्ययन पनि हो । कलेज प्रवेश भएपछि मुख्यत विद्यार्थी अध्ययनमा केन्द्रीत हुने हुंदा विद्यार्थीले कलेजको नियम अनुसार अध्ययन गर्नु पर्ने हुन्छ । कलेजको वर्क पर्मिटमा काम गरेर कमाएको पैसाले विद्यार्थीलाई प्रयाप्तता नहुन सक्छ । विदेश अध्ययन जानका लागि विद्यार्थीको आर्थिक हैसियत राम्रो हुनुपर्दछ । ताकी अध्ययन विचमै छाड्नु पर्ने अवस्था नहोस् । कुनै विषय महंगा हुन्छन् कुनै केही कमका हुन्छन् । यसमा आफ्नो आर्थिक हैसियत अनुसार विषयको छनौट गर्नु पर्दछ । अब्रोड स्टडीमा जांदा विद्यार्थीले आफ्नो लक्ष्यलाई पनि भुल्न हुंदैन । आफू जुन लक्ष्यका साथ अध्ययन गर्न गैएको छ उक्त विषयमा दक्षता राख्नुनै प्रत्येक विद्यार्थीको उद्येश्य रहनुपर्दछ ।

विषयको स्कोपमा ध्यान
कुनै पनि विषय छान्नु अघि यो कुराको पनि विद्यार्थीले उत्तिकै ख्याल गर्नु आवश्यक हुन्छ । जुन विषय अहिले तंपाईले छानीरहनु भएको छ भविष्यमा उक्त विषयको स्कोप कस्तो हुनसक्छ । शिक्षा हाषिल गरे पश्चात जागीर सजीलै संग पाईन्छ वा पाईदैन । समाजमा यस्तो पनि देख्न सकिन्छ की धेरै विद्यार्थी जागीरको अवस्थालाई ध्यानमा राखेर कुनै पनि विषय छान्छन् र केही वर्ष पश्चात उच्च शिक्षा अध्ययन सकेर स्वदेश फर्किदा यहांको अवस्था परिवर्तन भैसकेको हुन्छ । जसका कारण उनिहरुले काम पाउन गाह्रो हुन्छ । पहिले जस्तो सोचेर गएका हुन्छन् पछि फर्कदाको अवस्था अर्कै भैरहेको हुन्छ । त्यसैले यस्तो विषय विद्यार्थीले छान्नु आवश्यक हुन्छ जुन विषयले धेरै समय सम्ममा पनि जागीरको लागि अवसर बनीरहोस् ।

परामर्शदाताको सल्लाह
विषयको छनौट गर्नु अघि विद्यार्थीले विशेषज्ञबाट सल्लाह लिनु राम्रो हुन्छ । तंपाई जुन विषयको छनौट गर्नु हुंदैछ । यसका लागि बजारमा थुप्रै सैक्षिक संस्थाहरु रहेका छन् । त्यस फिल्डमा काम गर्ने शैक्षिक संस्था, परामर्शदाता वा प्राध्यापकसंग उक्त विषयको बारे साथै समयअनुकुल उक्त विषयको स्कोपबारे जानकारी लिनु राम्रो हुन्छ । मुख्य त यस्ता खाले विषेसज्ञसंग सल्लाह लिएर छानेका विषयले पछि सम्म तंपाईलाई राम्रो हुनुका साथै पछुताउनु पर्ने अवस्था आउनेछैन । त्यसैले अब्रोड स्टडीमा जान चाहने विद्यार्थीले भरसक परामर्शदाताको सल्लाह पूर्ण लिनुनै उपयुक्त हुन्छ ।

विषयको आधारमा देशको छनौट
अब्रोड स्टडी गर्न चाहना राख्ने युवाले आफ्नो विषय छनौट गरिसके पश्चात आफूले छनौट गरेको विषयको आधारमा कुनै पनि देश निर्धारन गर्नु पर्दछ । यो कुरा पनि विद्यार्थीको लागि महत्वपूर्ण हो । अहिले विभिन्न विषयको आधारमा कुनै पनि देशले आफ्नो छुट्टै पहिचान बनाईसकेका छन् । उदाहरणका लागि यदि तंपाई मेडिकल विषयका लागि विषय छनौट गर्नु भएको छ भने तंपाई युके, रुस, फ्रान्स देश छान्दा राम्रो हुन्छ । इलेक्ट्रोनिक्स विषयलाई छान्नु भएको छ भने जापान, चिन जान सकिन्छ । यी देशहरुले अन्तराष्ट्रिय क्षेत्रमा आफ्नो फरक शैक्षिक गन्तव्यको रुपमा आफूहरुलाई स्थापित गराईसकेका छन् । त्यसैले आफ्नो विषय अनुसारको उच्च शिक्षा प्राप्त गर्न यस्ता देशको छनौट उक्तम विकल्प हुन्छ ।

स्वदेशको अवस्थामा ध्यान
विषय छनौट गर्नु अघि तंपाई जुन देशको नागरिक हुनुहुन्छ त्यहां तंपाईको विषयको अवस्था कस्तो छ सोच्नु आवश्यक हुन्छ । तंपाईको विषयको अवसर कस्तो छ । स्कोप छ की छैन । विदेशको अध्ययन सकेर स्वदेश फर्कदा यहां काम गर्ने अवसर रहन्छ या रहंदैछ । यसका साथै स्वदेशमा रहेर काम गर्दा तंपाईले कति तलब पाउनुहुन्छ । विद्यार्थीले यो कुरा सबै पहिलेनै थाहा पाउन जरुरी हुन्छ । जसका कारण भविष्यमा कुनै पनि प्रकारको समस्याको सामना विद्यार्थीले गर्न नपरोस् । यस्ता खाले साना साना कुराको पनि विद्यार्र्थीले संधै एकदमै ख्याल गर्नु पर्दछ जसले तंपाईको लक्ष्य अनुरुप तंपाईलाई अगाडी बढाउन मद्यत गर्दछ ।

विषयको प्रयाप्त रिसर्च सम्भावना
अहिलेको समय रिसर्चको हो । धेरै जसो विद्यार्थी यस्ता विषय छान्ने गरेका छन् की जुन विषयमा प्रयाप्त रिसर्च गर्ने सम्भावना पनि होस् । विदेशमा गएर जसले शिक्षा हासिल गरेका हुन्छन् उनिहरुले पनि यस कुरामा ध्यान दिनु आवश्यकता हुन्छ । यस्तो विषय छनौट गर्नुहोस की भविष्यमा जसले उक्त विषयमा कुनै नयां रिसर्च गर्ने सम्भावना संधै रहीरहोस् ।

प्रकाशित : १३ कार्तिक २०७३, शनिबार ००:००