७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

खेलकुद

फिदिम–१ द्वारा आङसराङ १–० अन्तरले पराजित




nn

पाँचथरको सदरमुकाम फिदिममा आज अपरान्ह सम्पन्न तरुण नक आउट पूmटवल प्रतियोगिताको उपाधि फिदिम १ ले जितेको छ । फिदिम १ र आङसराङ बीच भएको प्रतिस्प्रधातमक खेलमा फिदिम १ ले आङसराङलाई १–० को अन्तरले पछि पार्दै उपाधि चुम्न सफल भएको हो ।
खेलको अन्तिम इन्जुरी समयमा फिदिम–१ का खेलाडी नरेश सम्वाहाम्फेले खेलको ९१ औं मिनेटमा गोल गर्दै टिमलाई ट्रफि चुमाउन सफल भएका थिए । प्रतियोगिताका बिजयी हुने टिमलाई ५१ हजार नगद सहित ट्रफि र प्रमाण–पत्र वितरण गरिएको थियो भने द्वितीय हुने टिमलाई ३५ हजार नगद सहित ट्रफि सहित प्रमाण–पत्र वितरण गरिएको थियो । सो प्रतियोगिताको उत्कृष्ट खेलाडी सञ्जु तामाङ घोशित भए भने लुङरुपाका साजन राई सर्वाधिक गोलकर्ता हुन सफल भएका छन् ।
उक्त प्रतियोगिताको प्रथम पुरस्कार नेपाली काँग्रेस केन्द्रिय सदस्य तथा आदिवासी जनजाति विभाग प्रमुख भीष्मराज आङदेम्वेले वितरण गरेका थिय भने द्वितीय पुरस्कार नेपाली काँग्रेस जिल्ला सभापति नरेन्द्रकुमार केरुङले वितरण गरेका थिए ।
मंगलवार भएको सेमि फाइनल खेलमा फिदिम १ ले याङनामलाई ४–१ को फराकिलो अन्तरले पछि पार्दै फाइनलमा प्रवेश गरेको थियो भने आङसराङले फिदिम–३ लाई १–० ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो ।  नेपाल तरुण दल पाँचथरले आफ्नो ६४ औं स्थापनाको अवसरमा पूmटवल खेल आयोजना गरिएको तरुण दल पाँचथरका जिल्ला अध्यक्ष सुमन लामाले जानकारी दिए । जिल्ला स्तरिय पूmटवल प्रतियोगिताको उद्घाटन नेपाली काँग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
यस्तै प्रतियोगिताकै अवसरमा जिल्ला स्थित राजनीतिक दलका नेता र नेपाल पत्रकार महासंघबीच भएको मैत्रीपूर्ण पूmटवल प्रतियोगितामा नेपाल पत्रकार महासंघद्वारा २–१ को अन्तरले राजनीतिक दलका नेताको टोलि पराजित भएका छन् ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००