१२ बैशाख २०८१, बुधबार । April 25, 2024

Life Style

सफलताको कथाः तरकारी खेतीका दुई अभियन्ता



13940992_1758261641109808_1590503773_nपाँचथर÷तरकारी खेती गर्दा जीवनमा सम्मान पाइन्छ भनेर कल्पनासम्म नगरेका पाँचथरे दुई युवाले देशकै उत्कृष्ट युवा उद्यमीको सम्मान पाएपछि अब यो क्षेत्रबाटै आफुहरुलाई चिनाउने प्रतिबद्धता गरेका छन ।
बैदेशिक रोजगारीमा मलेशियामा बसेर फर्केका पाँचथर प्राङबुङ ४ का खड्ग मगर र सिदिन ९ का रुपन मगर सम्मानित भएपछि मात्र यो क्षेत्रको महत्वलाई राम्ररी बुझेको उनीहरु बताउँछन । धेरै पैसा कमाउने आशा लिएर मलेशिया पुगेका यी दुई युवाहरु मलेशिया बसाई उपलब्धिपूर्ण नभए पछि लगभग रित्तो हात लिएर फर्केका थिए । मलेशियाबाट फर्केपछि केही गर्नु पर्छ भनेर अन्य व्यवसाय पनि केही समय गरे तर त्यसबाट पनि खासै उपलब्धि नभएपछि यो व्यवसाय शुरु गरेको खड्ग मगर बताउँछन ।13900640_1758261647776474_911765146_n
यो व्यवसायबारेमा मलाई खासै ज्ञान थिएन रुपनजी सित चिनजान थियो उनी मलेशियामा पनि यसै क्षेत्रमा काम गरी रहेको हुनाले सल्लाह गरेर यो व्यवसाय शुरु गरियो खड्ग मगर भन्छन । व्यवसायिकखेती गर्नका लागि सदरमुकाम फिदिम २ स्थित पल्लोटारमा ५ रोपनी जमिन भाडामा लिएर शुरु गरेको खेतीले हामीलाई देशमै चिनायो साच्चै यो ठिक काम गरिएको रहेछ उनी बताउँछन । व्यवसायिकतरकारी खेतीका लागि हामीले नयाँ प्रविधी ल्यायौं हामीले टनेलमा खेती गर्ने र टनेलमा माटोमा बिरुवा नरोपी कोको पिट नरियलको दानाको बोक्राबाट तयार गरिएको जगटा मा रोप्ने गरियो यो नयाँ प्रविधी शुरुमा सबैका लागि अनौठो थियो । यो प्रविधीले खेती गर्दा माटोमा भएका रोगहरु कम लाग्ने र उत्पादित तरकारी पनि अर्गानिक हुने हुनाले शुरु गरेको उनीहरु भन्छन । हामीले शुरु गरेको यो प्रविधि कृषि बिकास कार्यालयलाई पनि थाहा थिएन । यो नयाँ प्रविधिको व्यवसायसंगै कृषिमा सहयोगको लागि कुरा गर्दा हामीलाई कृषि बिकास कार्यालयले पत्याएनन निकै दुःख लाग्यो उनी भन्छन । तर पनि हामीले कामलाई निरन्तरता दिदै गयौंपछि त कृषि बिकास कार्यालयकै मान्छे हामीलाई खोज्दै आए हाम्रो नयाँ प्रविधीको बारेमा चासो राखे त्यस पछि भने हामीलाई पत्याए । हाम्रो व्यवसाय देखेर जिल्ला कृषि बिकास कार्यालय पाँचथरले ७० हजार रुपैंया सहयोग गरेको थियो । अहिले बेला–बेलामा सामान्य प्राविधिक सहयोग गर्नु हुन्छ ।13942192_1758259287776710_589730858_n
अर्गानिक तरकारी उत्पादन हुन थाले पछि उनीहरुको फर्मबाटै धेरै ग्राहकले तरकारी लाने गरेको छ खड्ग बताउँछन । बजारमा बिषादी मिसाइएका तरकारी बढी आउँछन त्यसैले हाम्रो कार्यालयका सबै साथीहरु यहीबाट तरकारी लैजाने गर्छौ राष्ट्रिय बाणिज्य बैंक फिदिम शाखाका प्रबन्धक दशरथ बन बताउँछन ।13932991_1758261231109849_2064817441_n
छोटो अवधीमै तरकारी उत्पादनमा राम्रो नाम दाम कमाउन सफल भएका मगर ठिटाले तरकारी बेचेरै बार्षिक ३ देखि ४ लाखसम्म नाफा हुने गरेको उनीहरु भन्छन । अर्गानिक तकारीको बजार साच्चै धेरै छ हामीले माग अनुसारको उत्पादन पु¥याउन सकेकौ छैनौ रुपन मगर बताउँछन ।
अहिले हाम्रो जिल्लाका निकै युवाहरु व्यवसायिकतरकारी खेतीमा जुटेका छन । र फाइदा समेत लिई रहेका छन । उनीहरुलाई हामी आवश्यकता अनुसार प्राविधीक सहयोग समेत गछौं । जिल्ला कृषि बिकास कार्यालय पाँचथरका प्रमुख बरिष्ठ कृषि बिकास अधिकृत बेनुप प्रसाई बताउँछन । हामी त्यस्ता उद्यमी युवाहरुलाई युवा लक्षित कार्यक्रम अन्र्तगत सहयोग गरी रहेका छौं त्यसमा पनि बैदेशिक रोजगारमा गएर फर्केका बेरोजगार र तरकारीको पकेट क्षेत्रका युवाहरुलाई बढी प्राथमिकतामा राखेर सहयोग उपलब्ध गर्ने गरिएको र त्यही कार्यक्रम अन्र्तगत रुपन र खडग मगरलाई हामीले सहयोग गरेका थियौं । कार्यालयले केही बर्ष अघि देखि जिल्लाका साढे २ सय भन्दा बढी युवाहरुलाई सहयोग गरेर व्यवसायिकखेती प्रति प्रोत्साहित गरेका छौं । यी मगर युवाहरुले गरेको प्रगतीले अरु युवाहरुलाई पनि प्रेरणा मिल्नेछ प्रसाई बताउँछन ।
हामीले जिल्लामा गरेको नयाँ व्यवसायिकखेतीको प्रभावकै कारण यस बर्ष युवा तथा खेलकुद मन्त्रालयले हामीलाई ५० हजार नगद प्रमाण पत्र सहित युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार २०७३ बाट सम्मान गरेको छ अब हामी यो क्षेत्रमा अझ अगाडी बढ्छौं यो खेतीलाई अरु बढाउने सोचमा छौं यो सम्मानले जिल्लाको समेत नाम उच्च भएको छ उनीहरु भन्छन ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००