१३ चैत्र २०८०, मंगलबार । March 27, 2024

खेलकुद

तेक्वान्दोमा नेपाललाई चार स्वर्ण



काठमाडौं, थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न भएको दोस्रो हिरोज अन्तर्राष्ट्रियतेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई चार स्वर्ण र चार रजत पदक प्राप्त भएको छ । उक्त प्रतियोगीतामा भाग लिन नेपालबाट नेप्लिज तेक्वान्दो एकेडेमीका चार र अन्य दुई खेलाडी बंैकक पुगेका थिए । शनिबार सम्पन्न भएको खेलमा एकेडेमीका खेलाडी विवेक श्रेष्ठले पुम्सेतर्फ स्वर्ण पदक ल्याएका छन् । भारतीय खेलाडीलाई फाइनलमा हराएर उनले पहिलो स्थान सुरक्षित गरेका हुन् । तौल समूहबाट पनि रजत पदक हासिल गरे । तौल समूहअन्तर्गत भएको खेलमा थाइल्यान्डसँग पराजित हुँदै रजत पदक प्राप्त गरे ।

त्यसैगरी, एकेडेमीकै चन्दु शाहीले काजकिस्तानका खेलाडीलाई हराउँदै पुम्सेमा स्वर्ण पदक हासिल गरेकी छन् । पुष्पप्रसाद गौतमले पनि फाइनलमा मलेसियालाई हराउँदै स्वर्ण जिते । एकेडेमीका प्रमुुख प्रशिक्षक तथा खेलाडी अशोक खड्काले  रजत पदक प्राप्त गरे । जितपछि उनले राष्ट्रको नाम उँचो भएको प्रतिक्रिया दिए ।

त्यसैगरी, तौल समूहमा प्रतिस्पर्धा गरेकी प्रतिज्ञा भण्डारीले थाइल्यान्डका खेलाडीलाई हराउँदै स्वर्ण पदक जितिन् । तिलक लामाले भने ८० केजी तौलअन्तर्गत भएको खेलमा भारतसँग पराजित हुँदै रजत पदक प्राप्त गरे ।

राजधानी दैनिकबाट

प्रकाशित : ८ कार्तिक २०७३, सोमबार ००:००