१० बैशाख २०८१, सोमबार । April 22, 2024

खेलकुद

एन्फा निर्वाचन आज अध्यक्षमा कर्मा र नरेन्द्रको प्रतिस्पर्धा

उपाध्यक्षमा त्रिपक्षीय भिडन्त



 

अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकबर्से कार्यकालका लागि सोमबार अध्यक्ष र उपाध्यक्षका लागि निर्वाचन गर्दै छ । एन्फाका तत्कालीन अध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वाेच्च संस्था फिफाले १० वर्ष प्रतिबन्ध लगाएपछि रित्त पदका लागि निर्वाचन हुन लागेको छ । त्यसैगरी, अघिल्लो वर्ष निधन भएपछि उपाध्यक्ष ललितकष्ण श्रेष्ठको पद रित्त रहेको थियो । यी दुई पदका लागि निर्वाचन हुन लागेको हो ।

gn3_1766587298download
अध्यक्ष पदका लागि कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ । नरेन्द्र श्रेष्ठलाई गणेश थापा निकट मानिएको छ । उनको प्यानलबाट उपाध्यक्षमा गणेश थापाका साला मणि कुँवरले उम्मेदवारी दिएका छन् । त्यसैगरी, राष्ट्रिय टिमका पूर्वकप्तान तथा प्रशिक्षक उपेन्द्रमान सिंहले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कर्माको प्यानलबाट दीपक खातीले उम्मेदवारी दिएका छन् ।

लामो समय एन्फाको प्रतिपक्षमा रहँदै फुटबल सदढीकरण अभियानमा लागेका उपाध्यक्ष कर्मा छिरिङ शेर्पाले आपूm बलियो रहेको दाबी गरे । लामो समय फुटबल गतिविधि निहाल्दै पछिल्लो एक वर्षदेखि कार्यवाहक अध्यक्ष बनेका नरेन्द्र श्रेष्ठले पनि आफ्नो पक्षमा बहुमत रहेको बताए ।
एन्फामा अघोषित रूपमा संस्थापन पक्ष र विद्रोही पक्षबीचको निर्वाचनका रूपमा यसलाई लिइएको छ । अनियमितता गरेको पुष्टि गर्दै फिफाले कारबाही गरे पनि देशभित्रका निकायलाई प्रभावमा पारेको आरोप खेपिरहेका थापा अहिले पनि एन्फामा छायाँ अध्यक्षका रूपमा काम गरिरहेको आरोप लाग्दै आएको छ । उनले आझै पनि एन्फामा आफ्नो प्रभाव राख्ने कोसिस गरिरहेको बताइन्छ ।

उता, थापामाथि आपूmलाई लगाएको आरोप पुष्टि गर्न सक्षम भएपछि कर्माछिरिङले आधा लडाइँ जितिसकेको बताएका छन् । तथापि, दुवै अध्यक्ष उम्मेदवारले फुटबल विकासका लागि आफ्नो उम्मेदवारी रहेको दाबी गरेका छन् । कर्मा छिरिङ शेर्पा अबको फुटबल नेतत्व परिर्वतनको पक्षमा कि यथास्थितिको पक्षमा भन्ने निर्णय गर्ने बेला आएको बताउंँछन् । श्रेष्ठ भने लामो समय फुटबलमा बसेको अनुभवले फुटबलमा नेतत्व गर्नुपर्ने राय पस्कन्छन् ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको असफलता र पछिल्लो समय फुटबलमा आएको विकत परम्परागत संस्थापनको परिणाम भएको शेर्पाको तर्क छ । उनले आपूm मुद्दाको आधारमा चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले भने, ‘मैले पछिल्ला वर्षमा फुटबलमा धेरै कुरामा परिर्वतन हुनुपर्ने जोड गर्दै आएको छु,’ उनले थपे, ‘ग्रास रुटदेखि फुटबल विकास नहुनु व्यक्तिकेन्द्रित र अपरिपक्व नेतृत्वको कारण हो ।’

उनले फुटबलमा सुदढीकरणको आवश्यकता सबैले महसुस गरेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे । उनी भन्छन्, ‘स्पष्ट एजेन्डा मसँग छ । फुटबलमा विगतमा भएका हरेक गल्तीका पछि खेलाडीलाई कारण देखाइयो, तर त्यहाँ पदाधिकारीहरूलाई चोख्याउने काम भयो ।’ अर्का प्रत्याशी नरेन्द्र श्रेष्ठले भने आपूmले खेलाडीदेखि पदाधिकारी र अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा नेतत्वका लागि हकदार रहेको बताए । उनले भने, ‘मैले अहिलेसम्म फुटबलमा जीवन बिताएको छु । खेलाडीका रूपमा होस् या पदाधिकारी र अबको निकास भनेको फुटबलमा ल्याउनुपर्ने नतिजाका लागि कसलाई अघि सार्ने भन्ने हो ।’ उनले आपूmले कसैलाई आरोप लगाएर चुनावमा नआएको भन्दै समन्यवकारी भूमिका र फुटबल विकास आफ्ना मुख्य एजेन्डा भएको बताए ।

सोमबारको निर्वाचनपछि जो नेतत्वमा भए पनि एउटा परिवर्तन भने आवश्यक हुनेछ । १८ वर्षदेखि एन्फामा थापाको एकलौटी रजाइँको भने अन्त्य हुनेछ । त्यसैगरी, नयाँ नेतत्वलाई थापाका विगतका क्रियाकलाको छानबिन गर्नुपर्ने चुनौतीसमेत थपिएको छ । कर्माछिरिङ शेर्पाले गोल प्रोजेक्टलगायत विभिन्न क्षेत्रमा अनियमितता भएको बताउँदै आएका थिए । अब आउने नयाँ नेतत्वमाथि त्यसको छानबिन गर्नुपर्ने दबाब सिर्जना हुनेछ । एकबर्से नेतत्वका लागि निर्वाचन हुन लागेको भए पनि यसलाई फुटबलमा नयाँ युग प्रारम्भको संकेतका रूपमा समेत फुटबलप्रेमीले हेरेका छन् ।

राजधानी दैनिकबाट

प्रकाशित : ८ कार्तिक २०७३, सोमबार ००:००