१२ बैशाख २०८१, बुधबार । April 25, 2024

ग्लोबल

सोसल मिडिया प्रयोगमा सचेत बनौं, कुनैपनि बेला ह्याक हुन सक्छ



सोसल मिडिया प्रयोगले डरलाग्दो साइवर थ्रिएट र चुनौती निम्त्याएको छ । कही समय अघि फेसबुकका संस्थापक मार्क जुकरर्बगको ट्विटर एकाउण्ट ह्याक हुनुले विश्वमा साइवर थ्रिएटरको चुनौती कति धेरै छ भन्ने कुरालाई छर्लगै पारिदिएको छ । जुकरर्बगको एकाउण्ट ह्याक हुनुले प्रविधि प्रयोग र सामाजिक सञ्जालमा रम्नेहरु सबैले महत्वपूर्ण पाठ सिक्नु पर्ने देखाएको छ । सामाजिक सञ्जाल, अनलाइनमा अभ्यस्त रहनेहरुले एउटै पासवर्ड जताजतै प्रयोग गर्नुले नै साइवर थ्रिएटको चुनौतीलाई रोक्न नसकेको प्रस्ट पारेको छ । एउटै पासवर्ड प्रयोग गर्न बन्द गर्नुपर्ने तर्फ अब हामी प्रविधिप्रेमी सबै सचेत बन्नुपर्ने बेला आएको छ ।

एकाउण्टमा आवर माइन नामक एक समूहले जुकरर्बगले प्रयोग गर्ने सामाजिक संजाल ट्विटर, लिंकलेड र प्रिन्टे«स्टमा छिरेको बताएको छ । इनगाडगेटमा देखाइएको स्क्रिनग्रयाब्समा ह्याकरहरुले अनैतिक रुपमा जुकरर्बगको ट्विटर एकाउण्टमा छिरेको देखिन्छ ।
उक्त ट्विटरमा ुहामी तिम्रो सेक्युरिटी जाँच गरिरहेका छौं ु भनिएको छ । लिंकलेडले सोमबार जारी गरेको एक विज्ञप्तिमा आफूहरुले जुकरर्बगको नाममा बनाइएको नक्कली प्रोफाइल फेला पारेको र सो प्रोफाइल हटाइसकेको बताएको छ ।

यद्यपि कम्पनीले यो घटना सन् २०१२ मा ह्याक भएको १०० मिलियन एकाउण्टकै नतिजा हो वा होइन भन्नेमा केही बताएको छैन्। लिंकलेडले नमिलेका र पुराना पासवर्डहरुलाई हटाएको थियो।तर जुकर्म्र्बगको एकाउण्ट ह्याक हुनुले पुराना भनिएका त्यस्ता एकाउण्ट अझै खतरा रहेको देखाएको छ ।

यता फेसबुकका प्रवक्ताले सोमबार इमेलमार्फत जारी गरेको विज्ञप्तिमा भने उनको फेसबुक र इन्स्ट्राग्राममा अनैतिक रुपमा कसेैले नचलाएको बताएको छ । साथै उसले कसैलाई पनि फेसबुक र एकाउण्टमा प्रवेश नदिएको बताउदै उक्त प्रभावित एकाउण्टलाई पुन सुरक्षित गरिएको पनि बताएको छ ।

आफू कसरी सुरक्षित रहने ?

हामीले आफ्नो एकाउण्ट सुरक्षित छ वा छैन भनेर चेक गर्नुपर्छ । आफ्नो इमेल आइडी ह्याव आई विन पिउन्ड भन्ने वेव साइटमा हालेपछि त्यसले हाम्रो डाटाहरु ह्याकरहरुले प्रयोग गरिरहेको छ वा छैन हेर्न सकिन्छ ।

यदी हाम्रो एकाउण्ट कसैले प्रयोग गरेको छ भने पासवर्ड परिवर्तन गनु पर्छ । तर पासवोर्ड परिवर्तन गर्दा कतै अरु एकाउण्टमा त्यही पासवर्ड प्रयोग गरेको छ वा छैन विश्वस्त हुनुपर्छ ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००