२५ बैशाख २०८१, मंगलबार । May 7, 2024

प्रबिधि

नेपाली युवा अन्तराष्र्टिय आइटी बजारमा प्रतिस्पर्धी बन्दै



बढ्दो सूचना प्रविधिको विकास र बिस्तारले युवा पुस्तामाझ प्रसस्त अवसरहरु थपिदै आएका छन् । अन्तराष्ट्र्रिय आइटी बजारको सम्भावना नेपाली बजारमा ह्वात्तै बढेर गएको छ । सोही अवसरलाई पछ्याउँदै अहिलेको नेपाली युवा पुस्ता आइटी तथा आइसिटीका कामकाजप्रति आकर्षित बन्दै गएका छन् । धेरैजसो युवाहरुले समूहको रुपमा वा केहीले एकल रुपमा संस्था एवं कम्पनी स्थापना गरेरै आइटीमा नयाँ सोच र जाँगरका साथ काम अगाडी बढाइरहेको छ । विगत २÷३ वर्षयता आइटी कम्पनीहरु स्थापना हुने क्रम पनि बढ्दो नेपालमा । आइटीमा आउसोर्सिङको काम समेत आउन थालेकोले आइटीमा ज्ञान हुने नेपाली युवाहरु एकत्रित भएर काम गर्ने परिपाटी पनि बसिसकेको छ । इन्टरनेट, वेभ, कल सेन्टर, डाटा इन्ट्री र सफ्टवेयरका कामहरु नै नेपाली युवा पुस्ताका व्यवसाय बनिसकेको छ नेपालमा । आइटी भर्खरै जुर्मुराउँदै आएका नेपाली युवाहरुको दक्षता पनि अन्तराष्ट्रियस्तरको बनिसकेको छ । एंग्री वर्डको विकासमा नेपाली इन्जिनियर विजय गुरुङ, सिम्प्लीफाईका नेपाली युवा, एफवन सफ्ट नेपाली कम्पनीसँगै अन्य थुप्रै नेपाली आइटी हस्तीहरुको अन्तराष्ट्रिय चर्चा भइरहेको छ । मर्कन्टाइल कम्पनीले नेपालमा बैर्किङ सफ्टवेयर विकास र प्रबद्र्धनको क्षेत्रमा आफ्नो बलियो उपस्थिति जनाएको छ भने डिटुहकाई कम्पनीले अन्तराष्ट्रियस्तरको सफ्टवेयर विकास प्रबद्र्धन र आइटीका अन्य आउटसोर्सिङका कामका लागि कम्पनीलाई पहिलो नम्बरमा राख्न सफल भएको छ । त्यस्तै एफवान सफ्टले मोबाइल एप्लिकेसनको क्षेत्रमा कम्पनीको अन्तराष्ट्रिय पकड बनाउँदै लगेको छ । क्यास एड नामक मोबाइल एप्लिकेससँगै बैकिङ पेमेन्ट गेटवेको विकासले कम्पनीको कार्यप्रति फेसबुकको समेत ध्यान केन्द्रित गराएको छ ।
नेपालभित्र र नेपाल बाहिर रहेर आइटी क्षेत्रमा व्यवसायिक रुपमा काम गर्ने आइटी कम्पनी संस्थाहरु दुई हजारको हाराहारीमा रहेका छन् । आइटीमा बढ्दो युवा बिद्यार्थीहरुको आकर्षण र अध्ययनको पहिलो रोजाई नै बन्न गरेकोले वर्षेनी नेपालमा ४ हजारभन्दा बढी युवाहरु आइटी क्षेत्रमा नयाँ सोच र अवधारणका साथ काममा प्रतिस्पर्धी बन्देै आएका छन् । नेपालमा आइटी कम्पनीको अन्तराष्ट्रिय चर्चा बटुलेको आधा दर्जन कम्पनीहरुमा मर्कन्टाइल, वल्र्डलिंक, डिटु हकाई, डियरवाक, एफवनसफ्ट, आइसफ्ट, सिम्पीफाई रहेका छन् । मर्कन्टाइल र वल्र्डलिंक कम्पनी बाहेकका अन्य आइटी कम्पनीहरुको अन्तराष्ट्रिय बजार प्रवेशको समय धेरै लामो पनि हैन तर उनीहरुको व्यवसायिक कार्यशैली र गुणस्तरीय सेवसँगै जनशक्तिको सफल व्यवस्थापनले उनीहरु अन्तराष्ट्रिय बजार प्रतिस्पर्धा गर्न सक्षम भएका छन् ।
पछिल्लो समय नेपालको आइटी कम्पनीहरुको वेभ एप्लिकेसनसँगै मोबाइल एप्लिकेसनकमाा ध्यान केन्द्रित भएको छ । सरकारी र निजी क्षेत्रको वेभवेस टेक्नोलोजीमा आइटी कम्पनीहरुले काम गरिरहेका छन् । नयाँ युवापुस्ताको सोचलाई अन्तराष्ट्रियस्तरको आइटी प्रतिस्पर्धामा लैजान एफवान जस्ता आइटी कम्पनीहरुले थप नयाँ वेभ टेक्नोलोजीका कामहरुलाई प्राथमिकता दिदै आएका छन् । रोजगार व्यवसायको सम्भावना बोकेको आइटी क्षेत्रलाई युवा पूस्ताको नयाँ सोच, ज्ञान सीप र दक्षताअनुसार मान्यता दिदै जाने हो भने युवा मैत्री आइटी नेपालको मोडलले स्थान पाउनेछ र आइसिटी नेपालको विकास हुनेछ ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००