१५ बैशाख २०८१, शनिबार । April 27, 2024

अन्तवार्ता

लाखौ युवाको ढुकढुकी बन्नेछ युवा परिषद– ढुंगेल



madhab-dhungel
माधब ढुंगेल, उपाध्यक्ष, राष्ट्रिय युवा परिषद

नेपालको युवा अवस्था, चूनौती, समस्या र विकास साथै राष्ट्रिय युवा परिषद गठनको औचित्य, उदेश्य नीति नियम र कार्यक्रमका विषयमा पत्रकार टोमा लामाले टुडिखेल अनलाईनको लागि ढुंगेलसंग गरेको कुराकानी :

नेपालको इतिहासमा पहिलो पटक राष्ट्रिय युवा परिषद गठन भएको छ । त्यसको पहिलो उपाध्यक्ष बन्नु भयो अवसर चुनौतीहरु धेरै छन् तपाईले कसरी लिनु भएको छ ?

पहिलो अवसर नेपाल सरकारले मलाई पहिलो उपाध्यक्ष बन्ने अवसर दियो । यो अवसर भन्दा पनि बढी चुनौतीको रुपमा लिएको छु । यति धेरै युवाहरुको यति धेरै अपेक्षा छन् । आज नेपालमा एक करोडा सात लाख युवाहरु छन् । यो कुल जनसंख्याको ४० प्रतिशत हो । यो नेपालको इतिहासमै युवाहरुको यतिठूलो संख्या भएको अवस्था हो । यस्तो अवस्थालाई जनसाङ्खिकी लाभको रुपमा पनि लिने गरिन्छ । संसारमा यो जनसाखिकी लाभ भएको अवस्था धेरै महत्वपूर्ण हुने गर्छ हामी पनि त्यहि स्टेजमा छौ तसर्थ यो राष्ट्रिय युवा परिषदको भूमिका र जिम्मेवारी चुनौतीपूर्ण छ भन्ने मैले ठानेको छु । ५२ ÷५३ सालबाट नेपालका धेरै युवाहरुले युवाका लागि भिन्नै संस्था चाहियो भने, युवाहरुका मुद्दा सुनुवाईका लागि सुरुमा सरकारले सानो कोठामा युवा शाखा बनाएको थियो । त्यसको निक्कै लामो समयपछि मात्र मन्त्रालय बन्यो । खेलकुल परिषद बन्यो यसले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान गरेको छ । युवाका मुदाहरु मन्त्रालयले नै अगाडी बढायो त्यतिले मात्र पुगेन युवा आयोग बनउनु पर्छ भन्ने आवाज उठ्योपछि परिषद बनाउँनु पर्छ भन्ने निष्कर्षमा पुगियो । त्यसका निमित्त २०६६ सालमा युवाहरुको एउटा कार्यदल बन्यो । त्यसले नीति बनायो त्यसको जगमा २०७२ सालमा अर्को नीति सार्वजनीक भयो । त्यो नीतिलाई कार्यन्वयन गर्न दश बर्षे रणनीतिक योजना बन्यो । यो सबै कुरालाई कार्यन्वयन गर्न युवा परिषद स्थापना भएको हो । यसको जिम्मेवारी पहिलो पटक मैले सम्हालेको छु ।

मन्त्रालयहरु मध्ये युवा तथा खेलकुद मन्त्रालय कार्यक्रमिक तथा बजेटका हिसाबले उपेक्षित मन्त्रालयका रुपमा लिईन्छ । यो परिषदको पनि त्यहि नियती त हुने होइन ?
नेपालका सबै युवाहरु र युवालाई माया गर्ने राजनीतिक दल, सबै संघसंगठन, सामाजिक संस्थाहरु सबैका प्रतिनीधिलाई विश्वास दिलाउन चाहान्छु । राष्ट्रिय युवा परिषद र युवा मन्त्रालय प्रतिको आकर्षण र यसको प्रभावलाई अर्कै ढंगले विकसीत गरिनेछ । किनकी हामीले गरेका काम र हामीले देखेको सपना युवा परिषदकमा मार्फत सिंगो देशको काँचुली फेराउने योजना तथा संकल्प रहेको छ । त्यसले नेपालको युवाहरुमा सकारात्मक तरङग त्याउँछ भन्ने कुरा विश्वास दिलाउन चाहान्छु । जुन रुपमा अपहेलीत मन्त्रलायको रुपमा स्थापीत गरीएको थियो राष्ट्रिय युवा परिषदले त्यसको इतिहास ब्रेक गर्नेछ ।

यो परिषद युवा मन्त्रालय अन्तर्गत रहेको छ । यसले स्वयत्त रुपमा काम गर्न सक्छ ?
यो एउटा स्वायत्त संस्था हो । यो युवा परिषदले आफ्नै योजना बनाएर अगाडी बढ्न सक्ने यो संग अधिकार छ । यसमा कुनै रोकटोक छैन । यो राज्यको एक स्वायत्तसंस्थाको रुपमा एक निरन्तर अगाडी बढ्ने उत्तारधिकारीवाला को संस्थाको रुपमा रहने छ । परिषद नीतान्त निर्णयक बोढी हो । हामी संग पाँचओटा युवा परिषदको खम्बा भित्र म यसको यवा नीति र रणनीत प्रष्ट पार्न चाहन्छु ।
गुणस्तरिय शिक्षा र यसको व्यवसायीकता, युवा उधमशीलता र रोजगारी, युवा नेतृत्व विकास सहभागीता र परिचालन, युवा स्वास्थ्य र सामाजिक सुरक्षा, युवाका लागि खेलकुद र मनोरञ्जन । जुन भित्र युवाका निमित्त, युवाका प्रबद्र्धन गर्ने सशत्तिकरण गर्ने युवाको नेतृत्व गर्ने युवालाई रोजगार बनाउने, कमाएको पैशा देशमा लगानी गर्ने विदेश गएका युवाहरुलाई देश फर्काउन यो एउटा संरचाना भित्र वकालत गर्ने विभिन्न मन्त्रालयमा भएका युवा कार्यक्रमहरुको अनुगमन गर्ने त्यस्ता कार्यक्रमको योजना बनाउने समेत परिषदसंग अधिकार भएकोले सबै काम परिषदले गर्न सक्दैन तर जुनसुकै मन्त्रालयबाट युवा लक्षित कार्यक्रम हुन्छ । तर ती सबै कार्यक्रमको नेतृत्व अगुवाई वकालत खबरदारी प्रभावकारीताको मुल्याकन र निर्देशन गर्ने समेत अधिकार परिषदसंग रहन्छ त्यस कारणले हामी युवा लक्षित कुनै पनि कार्यक्रमलाई प्रभावहिन हुन दिन्नौ । तसर्थ केही न केही रुपान्रण र परिवर्तन हुन्छ भन्ने कुरा विश्वास दिलाउँन चाहान्छु ।

सरकारी निकायले राम्रो नीति बनाउँछन तर कार्यन्वय तहमा जाँदैनन् । परिषदले पनि नीति मात्र बनाउँछ की विकासको काम पनि गर्छ ?
सबै भन्दा पहिला त काम गर्नका लागि नीति नै चाहिन्छ । काम गर्नका लागि अफिस चाहियो । जसका लागि सुरुमा कुनै पनि कार्यालय थिएन । सडकमै काम गर्नु प¥यो । विस्तारै कार्यालय व्यवस्थापनको कार्य गर्दै गए । सुरुमा एक्लै थिए हाल कर्मचारीहरु पनि व्यवस्थापन भएको छ । हाल सहसचिवको नेतृत्वमा सात उपसचिव सहित ३२ जना कर्मचारीहरु रहनु भएको छ । त्यसपछि हामी बजेटको सन्दर्भमा हामीले विदेशमा पलायन हुने युवाहरुलाई स्वदेशमै रोजागरी दिनुपर्छ भन्ने उदेश्यले विभिन्न कार्यक्रमहरु ल्याइएको छ । आर्थिक बर्ष ०७३÷७४ मा युवाहरुका लागि धेरै काम भएका छन् । उदाहरणको रुपमा लिनुुपर्दा एक वडा १० युवा एक उद्यमशील कार्यक्रम हामीले अगाडी बढाएको छौ । युवालाई अपनत्व हुने खालको सात प्रदेशमा एकएक ओटा मेघा प्रोजेक्टका कार्यक्रम अघी बढाएका छौ । प्रमाण पत्रको आधारमा उच्चशिक्षा हासिल गरेको युवाहरुलाई शैक्षिक लोनको व्यवस्था पनि परिषदको पहलमा अघि बढिरहेको छ । हामीले युवाहरुलाईे प्रोत्साहन गर्नका लागि १० उत्कृष्ट युवाहरुलाई पुरस्कृत गर्न लागिएको छ ।

जिल्ला युवा परिषदको संरचना कस्तो हुन्छ ?
अहिले ६५ जिल्लामा युवा परिषदको जिल्ला अध्यक्षहरु नियुक्ती भइसकेको छ । बाँकीमा चाडै हुनेछ । र जिल्लाको संरचना एक अध्यक्ष र अन्य चार सदस्य रहनेछ । जसमा राजनीतिक युवाहरुबाट ३ जना तथा सामाजिक संघसंस्थाको तर्फबाट २ जना सदस्य रहनेछन् भने पदेन सदस्यका रुपमा महिला विकास अधिकृत, जिविसका योजना अधिकृत र शिल्ला शिक्षा कार्यालयको अधिकृत तहको कर्मचारी रहनेछन् ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००