२७ बैशाख २०८१, बिहिबार । May 9, 2024

अर्थ

कम इन्धन खपत गर्ने ट्र्याक्टर बजारमा



काठमाडौँ, ४ कात्तिक । भुसाल ट्र्याक्टर सप्लायर्सले कृषि क्षेत्रमा आवश्यक विभिन्न ढाँचाका नयाँ ट्र्याक्टर नेपाली बजारमा भित्र्याएको छ ।

बुटवललाई आधार क्षेत्र बनाएर ट्रयाक्टरको कारोबार गर्दै आएको भुसाल ग्रुपले ललितपुरको सातदोबाटोमा प्रदर्शनी कक्षसहित कर्पोरेट अफिस स्थापना गरेको छ ।

सो संस्थाले आज जारी गरेको विज्ञप्तिमा नयाँ ढाँचा र प्रविधियुक्त ३० देखि ९० हर्स पावरका ट्र्याक्टर ढुवानी र खेतबारी जोत्नका लागि निकै उपयोगी रहेको जनाइएको छ । उक्त ट्र्याक्टरको मूूल्य रु १० देखि २४ लाखसम्म छ । कृषकलाई लक्ष्य गरी इन्धनको कम खपत गर्ने ट्र्याक्टर निर्माण गरिएको नेपालस्थित आधिकारिक बिक्रेता बालकृष्ण भुसालले बताउनुभयो ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००