१३ बैशाख २०८१, बिहिबार । April 25, 2024

खेलकुद

रत्नजित र नङ्शल फाइनलमा



काठमाडौँ, ४ कात्तिक । पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङ्शल तामाङको जोडी आज फाइनलमा प्रवेश गरेका छन् ।

सत्ताइस मिनेटसम्म चलेको सेमिफाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका रिज्वान अजाम र सरा मोहम्मदको जोडीलाई १६ का बिरुद्ध २१ र १२ का बिरुद्ध २१ अङ्कले सोझो सेटमा पराजित गरे ।

 

फाइनलमा खेलमा रत्न र नङ्शलको भेट पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनसँग हुने नेपाल ब्याडमिन्टन सङ्घका महासचिव वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । फाइनल खेल शुक्रबार हुने छ ।

महिला सिङ्गल्समा भने नङ्शलको यात्रा सेमिफाइनलमै पूर्णविराम लाग्यो । नङशल पाकिस्तानकी पल्वाशा बसिरसंग २१ बिरुद्ध १६ र १२ का बिरुद्ध २१ अङ्कले पराजित भइन् ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००