१४ बैशाख २०८१, शुक्रबार । April 26, 2024

खेलकुद

बाबुछोरा सेमिफाइनलमा

बाबु हीराबहादुर थापा र छोरा अमृत थापा मगर चौथो सिभिल बैंक खुला स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा आज सेमिफाइनलमा प्रवेश गरेका छन् ।

उनीहरुसँगै प्रवीणवीरसिंह कङ्साकार र डिफेन्डिङ च्याम्पियन अरहान्तकेशर सिंह पनि सेमिफाइनलमा पुगे ।

हीराले सुजन ज्वारचनलाई ५–११, ११–२, ११–४ र ११–७, अमृतले कुमार पुनलाई ११–६, ११–९ र ११–९, प्रवीणले अमिर ब्लोनलाई ११–४, ११–४ र ११–८ तथा अरहान्तले याम रानालाई ११–३, ११–५ र ११–७ को सेटमा पराजित गरे । सेमिफाइनलमा हीराको भेट अरहान्तसँग हुनेछ भने प्रवीणले अमृतसंग सामना गर्ने छन् ।

विश्व स्क्वास दिवसका अवसरमा नेपाल स्क्वास ¥याकेट्स संघद्वारा आयोजित प्रतियोगिताको भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा याम राना र महेन्द्र महर्जन सेमिफाइनलमा पुगे ।

यामले विनोदध्वज खड्कालाई ११–३, ११–८ र ११–७ को सोझो सेटमा हराउदै लालबहादुर गुरुङसंग सेमिफाइनलमा भेट पक्का गरे । महेन्द्रले सुमन तुलाधरको चुनौती ११–३, ११–२ र ११–६ को सीधा सेटमा समाप्त पारे । महेन्द्रले साविक विजेता सुदीपबहादुर सिंहविरुद्ध खेल्ने छन्

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००