११ चैत्र २०८०, आइतबार । March 24, 2024

अर्थ

उद्योग वाणिज्य महासङ्घमा अध्यक्षको निर्वाचन नहुने



काठमाडौँ, ४ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ ।

महासङ्घको आज आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान संशोधन सर्वसम्मतले पारित गरेको अध्यक्ष पशुपति मुरारकाले राससलाई बताउनुभयो ।

विधानको यो संशोधनसँगै अब उप्रान्त अध्यक्षको निर्वाचन नहुने र मुलुकभरका प्रतिनिधिबाट निर्वाचित वरिष्ठ उपाध्यक्ष नै एक कार्यकालपछि स्वतः अध्यक्ष बन्नेछ ।

यसअघि महासङ्घमा अध्यक्ष निर्वाचित हुने र वरिष्ठ उपाध्यक्ष केन्द्रीय समितिले चयन गर्ने प्रावधान थियो । यसबाहेक साधारणसभाले संविधानको सङ्घीय संरचनाअनुसार केन्द्रको मातहतमा सातै प्रदेशमा महासङ्घको इकाइ रहने व्यवस्थासमेत पारित गरेको उहाँले बताउनुभयो ।

विधान संशोधनसँगै हाल वरिष्ठ उपाध्यक्ष रहनुभएकी भवानी राणा आगामी कार्यकालका लागि अध्यक्ष बन्ने निश्चित भएको छ ।

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००