७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

फूलको प्रदर्शनी हुने



काठमाडौँ, ४ कात्तिक । “रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि” भन्ने मूल नाराकासाथ दसाँै गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु हुने भएको छ ।

दीपावली तथा छठ पर्वको अवसरमा फ्लोरिकल्चर एसोसिएसन नेपालले आयोजना गर्न लागेको उक्त प्रतियोगितात्मक प्रदर्शनी यही कात्तिक १० गते ललितपुरको जावलाखेलस्थित खेल मैदानमा सुरु हुने छ ।

गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनी कात्तिक १३ गतेसम्म सञ्चालन हुने एसोसिएसन नेपालका अध्यक्ष कुमारकसजु श्रेष्ठले बताउनुभयो ।

पुष्प व्यवसायलाई समयानुकूल व्यावसायिकतातर्फ उन्मुख गराउन तथा पुष्पको जातीय विकास एवम् गुणस्तरीय उत्पादनमा सहयोग पु¥याउन यस किसिमका कार्यक्रम आयोजना गर्न लागिएको बताउँदै प्रदर्शनी आयोजक समितिका महासचिव मीनबहादुर तामाङले विगतभन्दा यो वर्ष प्रदर्शनीमा सहभागी, अवलोकनकर्ता तथा ग्राहकहरूको सङ्ख्यामा अत्यधिक बृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घर आँगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने र यससम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैका निम्ति प्रदर्शनी उपयोगी हुने विश्वास एसोसिएसनले लिएको छ ।

एसोसिएसनका अनुसार आव २०७२÷७३ सम्ममा ३९ जिल्लामा करिब छ सय ७५ पुष्प फर्म÷नर्सरीहरू विस्तार भइसकेका छन् । नेपालमा झन्डै एक सय ४७ हेक्टर क्षेत्रफलमा पुष्प खेती भइरहेको र प्रत्यक्ष वा अप्रत्यक्षरुपमा ४१ हजारभन्दा बढी व्यक्ति यसमा संलग्न रहेका छन् । रासस

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००