७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

अर्थ

नेपाल हाइड्रो डेभलपरले २ लाख ६० हजार कित्ता शेयर जारी गर्ने



काठमाण्डौं, कार्तिक । नेपाल हाइड्रो डेभलपर लिमिटेडले २ लाख ६० हजार कित्ता ९२ करोड ६० लाख रुपैयाँ० शेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पहिलो चरणमा उक्त सेयर जारी गर्न लागेको हो । तिहारलगत्तै सेयर जारी गरिने कम्पनीले जनाएको छ । केहि महिनापछि दोस्रो चरणमा सर्वसाधारणका लागि पनि तीन लाख ९० हजार कित्ता शेयर जारी गर्ने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । ६।८ मेगावाटको लोवर चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजनाको निर्माण गर्न लागेको कम्पनीले यसअघि ३।५ मेगावाटको चर्नावती हाइड्रो इलेक्ट्रिक आयोजना निर्माण गरेको थियो ।

 

प्रकाशित : ५ कार्तिक २०७३, शुक्रबार ००:००