२ बैशाख २०८१, आइतबार । April 14, 2024

रोचक

यसरी गर्न सकिन्छ बाँदर व्यवस्थापन



स्वयम्भु घुम्न गएको झण्डै बाँदरले समस्यामा पार्यो । मैले अरुबाट पनि त्यस्तो घटना भएको सुनेको थिएं । स्वयंभु र पशुपतिनाथ घुम्न जानेले बाँदर मज्जाले देखेको हुनुपर्छ त्यहहाँ घुम्न जानेहरु कोही रमाउँछन् त कोहीलाई भने बाँदरले समस्यामा पारेका घटना पनि थुप्रै छन् । कोही बाँदर निकै रिशालु हुन्छ । जिस्क्याउँदा दुर्घटना हुने सम्भावना हुन्छ । यस्ता बाँदरलाई तालिम दिन सकियो भने मानिषलाई आफ्नै मान्ने छ । बाँदरले दुर्घटना घटाउने त छंदैछ यस बाहेक वर्षेनी बाँदरको जनसंख्या वृद्धिले झनै जटिलता थप्ने अवस्था बन्दैछ । यसलाई समयमै रोक्न नसके राजधानी बाँदरको शहर बन्न बेर छैन ।
बाँदर सम्बन्धि हङकङ र चाइना सरकारले गरेको एक अध्ययन अनुसार बांदरको प्रजनन् र आयु लगभग मानिषको जस्तै भएको देखाएको छ । साधरणतया बाँदर चारदेखि पाँच वर्षमा वयष्क हुन्छन् । समूहमा बलियोले आफ्नो अधिनमा बाँदरनीलाई राख्छ । बाँदरनीले समूहको लागि बच्चा जन्माउछे । त्यसैले पनि ठूलो भएपछि भाले बांदरले त्यस समूह छोडेर आफू एक्लो बस्छ । सम्भव भएसम्म अर्को पोथी खोजेर परिवार गठन गर्छ ।
बांदरको पनि मानिसमा जस्तै बच्चा जन्माउने क्षमता हुन्छ । बांदरनी बाठी हुन्छिन् । आफ्नो लागि पर्याप्त खाना र बस्नको सुविधा नभै गर्भधारण गर्न चाहँदिनन् । तर पनि जोडिवर्षमा एउटा बच्चा जन्माउँछे । बाँदरको करिव पाँच महिनामा गर्भधारण प्रक्रिया पूरा हुन्छ । अध्ययनका अनुसार बाँदरको आयु १० देखि ५० वर्षसम्मको हुन्छ । यो समयमा एउटा बाँदरले २५ वटा सम्म बच्चा जन्माउने क्षमता राख्छ । यो भनेको मानिसाको भन्दा १० गुणा बढी हो । त्यसैले बढ्दो जनसंख्या अवस्थामा बाँदरको पनि संख्यालाई समयमा नियन्त्रण नगर्ने हो भने अबको केही वर्षमा बांदरको संख्या मानिसको भन्दा बढी हुने निश्चित छ ।
दुर्घटना रोक्न मानिष्सहरुलाई जनचेतना जगाउन आवश्यक छ । बाँदरलाई भेला पारेर मानिससंगको निकटता गाँस्ने तालिम दिन सकिन्छ । बाँदरको प्रजनन् संख्यालाई रोक्न पोथी बाँदरलाई मानिसमा जस्तै मिनिल्याव –बन्ध्याकरण) गर्न सकिन्छ । यो प्रयोग भर्खरै हङकङ र चाइना सरकारले प्रयोग गरेर सफल भएको छ । यसमा नेपाल सरकारको सम्बन्धित निकायले चाँडो कदम चाल्नु पर्ने आवश्यक्ता देखिन्छ ।

प्रकाशित : ४ कार्तिक २०७३, बिहिबार ००:००