२ बैशाख २०८१, आइतबार । April 14, 2024

Life Style

भएपछि दिन्छु : रंगकर्मी राजन खतिवडा



गाउँगाउँका जनताले पनि नाटकको स्वाद पाउन सकेका छन् अहिले । विशेष त यसको श्रेय रंगकर्मी राजन खतिवडालाई जान्छ जसले थिएटरको कल्पना गरे । जहां मानिषहरुले निशुल्क नाटक हेर्न पाउँछन् । उनको कल्पना साकार पनि भएको छ । मोवाइल थिएटर मार्फत नाटकहरु राजधानीको सोह्र स्थानमा प्रदर्शन भैसकेको छ । अब दशैपछि भने देश बाहिर प्रदर्शन गर्ने उनको योजना छ । त्यहि नाटक “मनचिन्ते फिरन्ते” (मुसाहरुको कथा) अहिले मण्डला नाटक घरमा मञ्चीत भैरहेको छ । रंगकर्मी राजन खतिवडालेनै उक्त नाटक निर्देशन गरेका हुन् । यो एउटा मण्डलामा मञ्चीत नाटकहरुको शृंखला मात्र हो । प्रसंग मण्डला नाटक घर बन्नु अघि त्यहि एक छिडीमा आख्यानकार राजन मुकारुङ, कवि उपेन्द्र सुब्बा, निर्देशक रामबाबु गुरुङ, निश्चल बस्नेत, कलाकार दयाहाङ राई, विल्सन विक्रम राईको दैनिक उठबस हुन्थ्यो । अहिले सवैले पाउनु पर्ने सफलताको स्वाद चाखिसकेका छन् । सवैले ठाउँ पनि छोडिसकेका छन् । तर त्यहि संगै संधै हुने राजन खतिवडा भने त्यहिंनै छन् । त्यहि नाटकघरबाट थुप्रै साथीभाई स्टार भैसक्दा पनि उनि त्यहि भेटिन्छन् । संगैको साथी उचाईमा पुग्दा खुशी हुनु स्वभाविक हुन्छ । तर आफ्नै मनलाई ढांट्न सकिन्न । चिन्ता हुनेनै भयो । नाटकमा लागेको आज बीस वर्ष पुगेको छ तर उनले खासै सफलता पाउन सकेका छैनन् । नाटकसंगै ब्यक्तिगत जीवन र साथीभाई बारे राजनसंग टुडिखेलको मनचिन्ते कुराकानी ।

rajan2

 

नाटक सुरुवात ?
बीस वर्ष पुग्यो ।
यति लामो यात्रा ?
यसमै मन खूशी भयो ।
नयां कुरा आयो ?
मोबाइल थिएटर भन्नु भा हो…?
हजुर, के हो मोवाइल थिएटर ?
गाडीमानै विभिन्न स्थानमा गएर प्रदर्शन गरिने नाटकनै मोवाइल थिएटर हो ।
किन मोवाइल थिएटर ?
खासमा नाटकलाई विकेन्द्रीकृत गर्न यसो गर्नु परेको हो ।
अहिले के गर्दै हुनुहुन्छ ?
नाटक लेख्दैछु । समाजका सात जना पात्रको अध्ययन गर्दैछु ।
फिल्ममा खासै देखिनुहुन्न ?
फिल्ममा रुची कम छ । फेरी साथीभाईले कम पैसामा भुलाउन खोज्छन् । स्क्रिप्ट पढ्न पनि दिदैनन् ।
किन कम भयो ?
मेरो भूमिका नमिल्ने भएकाले पनि मेरो खोजी हुंदैन ।
साथी दयाहाङ हिट हुनु भयो । तंपाई ?
म खुशी नै छु ।
कबड्डी चलचित्रमा देखीनु भाथ्यो । सिक्वेलमा के भो ?
मेरो दृश्य कथाले नमागेर होला ।
अरु सवै दोहोरिए नी ?
(मौन)…..खै के त्यस्तै भयो होला ।
निर्देशक साथी भएपछि मिल्थ्यौ होलानी ?
थाहा भएन ।
अरु त सवै दोहोरिएनी ?
आवश्यकता परेर होला ।
टिममा नपर्नु भाको हो ?
म अलिक टाढानै छु ।
अहिलेको माहोल दोषी हो ?
खै थाहा भएन ।
बाहुन क्षेत्री अनुहार नबिक्ने भएर हो की ?
त्यस्तो पनि होइन ।
तपाईको सम्पूर्ण टिम अहिले हिट छ, तंपाई ?
आ–आफ्नो स्थान बनाएका छौं सबैले ।
गाढी बेच्नु भएछ किन ?
आर्थिक अभाव भयो । पाल्न सकिएन । अब साईकल किन्छु ।
मण्डलामा पैसा टन्नै छ त ?
त्यो संस्थाको हो, मेरो कहां हो र ?
अहिले कस्तो अवस्था छ ?
लाइफ सस्टेन  न गाह्रो परेको छ ।
ऋण पनि छ की ?
ऋण थुप्रै छन् । क्यास चार लाख ऋन छ ।
माग्दैनन् ?
कहिले कांही माग्छन् । भएपछि दिन्छु भन्छु ।
चुप लाग्छन् त ?
साथीभाई हुन् । अरु चांही किस्ता तिर्दिन्छु ।
आम्दानीको श्रोत ?
एनजीओ, आइएनजीओमा कन्सल्टेन्टको रुपमा बोलाउँछन् । ड्रामा क्लासबाट चलाउंदैछु ।
कति हुन्छ ?
कहिले पुग्दोनै हुन्छ । थोरै पनि हुन्छ ।
पर्समा पैसा ?
पर्समा पैसा हुंदैन ।
विहे गर्नु भयो ?
छोरी छ । स्कुल जाने बेला भयो ।
श्रीमतिको कचकच ?
नाटक साटक छोडदिनुस भन्छिन् । त्यहि त हो आर्थिक कुरा ।
बाउआमा के भन्छन् ?
गाउंमा राजनले गाढी किन्यो भनेर हल्ला छ, यहां मेरो विजोग । बाउआमा त छोरो आएर खेत जोतोस् भन्छ नी ।
फिल्मको पाटो ?
अब दुई वर्ष भित्रमा ऋन खोजेर भए पनि फिल्म निर्माण गर्छुु ।
झोकमै हो फिल्म निर्माण ?
मैले जानेको कुरा देखाउन हो ।
नाटकमा सन्तुष्टी छ ?
मेरो सपना पूरा गरिरहेको छु ।
अबको योजना ?
ड्रामा स्कुल खोल्छु । विदेश त छंदैछ ।

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार ००:००