७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

ग्लोबल

भारतको एक अस्पतालमा आगलागी,२३ को मृत्यु



काठमाण्डौ, २ कार्तिक भारत ओडिशाको राजधानी भुवनेश्वरमा रहेको एक निजी अस्पतालमा आगलागी हुँदा २३ जनाको ज्यान गएको छ । भुवनेश्वरमा रहेको सम अस्पतालमा आगलागी भएको हो ।

अस्पतालको डायलासिस वार्डबाट सुरु भएको आगो फैलिँदा ठूलो मानवीय तथा भौतिक क्षति भएको हो । आगलागीका कारण अस्पतलाको आइसियु वार्डमा पनि प्रभाव परेपछि बिरामीलाई हतार हतारमा बाहिर निकालिएको थियो ।

आगलागीमा परि घाइते भएका तथा अस्पतालमा उपचाररत बिरामीलाई नजिकैको अरु अस्पतालमा लगिएको छ । सातवटा दमकल र १ सय २० जना अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाले आफू दुखी भएको बताएका छन् ।

प्रहरीका अनुसार स्थानीय समयानुसार साँझ करिब ८ बजे सो आगलागी भएको थियो ।

आगलागी नियन्त्रणमा लिन सातवटा दमकलको प्रयोग गरिएको थियो । उडिसाका मुख्यमन्त्री नवीन पटनायकले खुर्दा जिल्लाका कलेक्टरसँग घटनाबारे जानकारी लिएका छन् ।

मुख्यमन्त्री क्यापिटल अस्पतालमा भर्ती भएका बिरामीको अवस्था वुझ्न गएका थिए । र, उनले घटनाको जाँच गर्न आदेश दिए । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दे घटनामा शोक व्यक्त गरेका छन् ।

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार ००:००