१० बैशाख २०८१, सोमबार । April 22, 2024

Life Style

अनुहारको प्राकृतिक उपचार



प्रकृतिले हामीलाई यस्तो अनुपम उपहार दिएको छ जसको उपयोग गरेर हामी स्वस्थ र सुन्दर रहन सक्छौँ । मानिसहरुले आफु सुन्दर रहनका लागि अहिले बजारमा आएका विभिन्न केमिकल मिसिएका सौन्दर्यका सामग्रीहरु प्रयोग गर्छन । यस्तो बजारीय बस्तु प्रयोग गर्नु भन्दा हाम्रै वरीपरिरहेका अमूल्य प्राकृतिक बस्तुहरुको प्रयोग गर्नु सयाँै गुण राम्रो हुन्छ । तपाईको अनुहार प्रकृतिक आधारमा यसरी हेरचाह गर्न सक्नु हुन्छ ।

सामान्य अनुहार
यस्तो अनुहार धेरै तेलीय र रुखो हुदैँन ।

यसका लागि एक दुई ओटा स्ट्रवेरी र एउटा केरालाई मिसाएर पेस्ट बनाउनुहोस् । अनुहारमा चारैतिर लगाउनुहोस् । १० मिनेटसम्म राख्नुहोस् र हल्का हातले मसाज गर्दै सफा पानीले धुनुहोस् ।

तेलीय अनुहार
तेलीय अनुहार राम्रो र चम्किलो देखिन्छ । यस्तो अनुहारमा डन्डीफोर छिटो निस्कन्छ, अनुहारको छिद्र सजिलै देख्न सकिन्छ । यस्तो अनुहारमा मेकअप धेरै समयसम्म टिक्न सक्दैन ।

यसका लागि अनुहार र घाँटीलाई ३—४ पटक सफा गर्नुहोस् । नुहारको तेललाई नियन्त्रण गर्न पानीले अनुहार सफा गर्न आवश्यक हुन्छ । नाक, गाला, निधारमा विशेष ध्यान दिनुहोस् किनकी यस्तो ठाउँमा चिल्लो धेरै निस्कन्छ । यस्तो अनुहारको लागी मुलतानी मिट्टीको पेष्ट पनि प्रयोग गर्न सकिन्छ । अण्डाको सेतो भागलाई फिटेर आँखाको भागलाई छोडेर अनुहारमा बराबर लगाउनुहोस् । १० मिनेटपछि चिसो पानीले सफा गर्नुहोस् । यसले अनुहारको खुलेको छिद्रलाई बन्द गर्छ ।

रुखो अनुहार
रुखो अनुहारमा छिद्रहरु हल्का देखिन्छन् । यस्तो अनुहारमा जलन हुने, चिलाउने र सेतो सेतो चाया देखिन्छ । यस्तो अनरहारमा मौसमको प्रभाव छिटो पर्दछ । यस किसिमको अनुहारको रेखदेख राम्रोसँग नगरेमा अनुहारमा चाउरी पर्ने समस्या आउनसक्छ । एलोवेराको प्रयोग—यस प्रकारको अनुहारलाई हाइड्रेशन र सुरक्षा प्रदान गर्न एलोबेरा राम्रो उपाय हो । एलोबेरामा घरमा नै उपलब्ध हुने दही मिसाएर फिट्नुहोस र यसको प्याक अनुहार घाँटीमा लगाउनुहोस् । यसलाई १० मिनेटसम्म छोड्नुहोस् र सफा पानीले अनुहार धुुनुहोस् । एलोवेरामा अनुहारलाई पोषण प्रदान गर्ने आवश्यक भिटामिन ए, बी, डी र ई हुन्छ । यसले अनुहारलाई नरम बनाउँछ । केराको पेष्ट—एउटा केरालाई पेस्ट बनाउनुहोस र अनुहारमा चारैतिर लगाउनुहोस । लगाएको १० मिनेटपछि सफा पानीले धुनुहोस् । केरामा अमिनोएसिड, भिटामिन र मिनरल जस्ता आइरन म्याग्नेसियम हुन्छ । यसले अनुहारलाई पोषण दिनका साथै मुलायम बनाउँछ ।

 

प्रकाशित : २ कार्तिक २०७३, मंगलबार ००:००