६ बैशाख २०८१, बिहिबार । April 18, 2024

मुख्य खबर

नेपाली सेनामा दुईहजार बढीलाई खुल्यो रोजगार (विज्ञापन सहित)



काठमाण्डौ, १ कार्तिक । नेपाली सेनामा विभिन्न पदमा आवेदन खुलेको छ । सोमबार सूचना प्रकाशित गरी नेपाली सेनाको लेखा, सैन्य, ड्राइभर, सहायक पण्डित हुद्दा, अमल्दार कर्मचारी तथा फलोवर्स पदमा कर्मचारी आवश्यकताको आवेदन खुलाएको हो ।
नेपाली सेनाले भर्ना छनौट निर्देशनालय जंगी अड्डाको लागि बिभिन्न पदमा गरी ५ सय ५६ जना, पूर्वी पृतना इटहरीमा १६० जना, भैरवीदल पाँचथरमा ६० जना, कृष्णदल राजविराजमा ७५ जना, शेर दल खोटांगमा ६२ जना, मध्य पृतना हेटौडामा १०० जना, नम्बर ९ बाहिनी सिन्धुलीमा ७५ जना, इन्द्र्बक्स गन रौतहटमा ७५ जना, नन्द बक्स गण रामेछापमा ६२ जना, पश्चिम पृतना पोखरामा १५० जना, नम्बर २ बाहिनी अड्डा बुटवलमा १०० जना, पशुपतिप्रसाद गण लम्जुंगमा १०० जना, नम्बर ४ बाहिनी अड्डा नेपालगंजमा १०० जना, रिपुर्मर्दन गण दाङमा १०० जना, भगवतीदल गण जुम्लामा ५२ जना, ज्वालादल गण जाजरकोटमा ६३ जना, सुदूरपश्चिम पृतना दिपायलमा ७५ जना, शिवदल गण धनगढीमा १०० जनाको लागि आवेदन खुलाएको छ ।

 

सूचना

download-1

प्रकाशित : १ कार्तिक २०७३, सोमबार ००:००