१० बैशाख २०८१, सोमबार । April 22, 2024

ग्लोबल

सार्क शिखर सम्मेलनका लागि पर्खन भारतको आग्रह



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनका लागि अहिले वातावरण उपयुक्त नभएको थप स्पष्ट पारेका छन् । अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा नेपाली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको जिज्ञासामा भारतीय प्रधानमन्त्रीले यस विषयमा पर्खेर मात्र भन्न सकिने जवाफ दिएका छन् ।

आइतबार अबेर राति गोवाको होटेल लीलामा भएको दुईपक्षीय वार्तामा प्रधानमन्त्री प्रचण्डले सार्क सम्मेलनबारे चासो राख्दा मोदीले उपयुक्त वातावरण निर्माण हुन बाँकी रहेको जवाफ दिएका थिए । ‘वातावरण बनेपछि सार्कको शिखर सम्मेलनका लागि उपयुक्त मिति तय गरिनुपर्छ भन्नेमा हामी सहमत भयौँ,’ भेटवार्तामा नेपालका तर्फबाट सहभागी परराष्टमन्त्री डा. प्रकाशशरण महतले भने । भारतका तर्फबाट विदेशसचिव एस जयशंकरसहित उच्च अधिकारी सहभागी थिए ।

यसैबीच, भारतले संविधान कार्यान्वयनका लागि नेपाल सरकारले गरेको प्रयासलाई समर्थन गर्दै यो विषय छिटो टुंगिने पनि आशा व्यक्त गरेको छ । तर, यसबारे मोदीले विस्तृतमा केही बोलेका थिएनन् । प्रचण्डले हिमाल, पहाड र तराई मधेसबीच सहमतिको वातावरण निर्माण गरेर संविधान कार्यान्वयनका लागि आफू सक्रिय रहेको बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमणका वेला ३१ भदौमा नयाँदिल्लीमा भएका विकास निर्माण परियोजनाको कार्यान्वयनमा भारतले पुनः प्रतिबद्धता जनाएको छ । ‘जम्मा २० मिनेट कुराकानी भयो, गत भदौ ३१ गते भएको औपचारिक वार्तामा विकास निर्माणलगायत सबै विषय प्रस्तुत भएका थिए, त्यसकै कार्यान्वयन गर्ने विषयमा भारतबाट प्रतिबद्धता आएको छ, निर्माण हुन नसकेका, टुंगिन बाँकी रहेका र नयाँ  परियोजनाहरूको विषयमा परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विस्तृत छलफल गर्ने सहमति भएको छ,’ भेटवार्तापछि परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले गोवाबाट नयाँ पत्रिकासँग टेलिफोनमा भने, ‘प्रधानमन्त्रीको भ्रमणकै वेला सबै विषयवस्तु उठाइएको थियो, त्यसकारण अहिले नयाँ खासै विषय थिएनन् । अघिल्लोपटककै विषयहरूमा समष्टिमा छलफल भयो ।’ दुवै देशका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक कात्तिक ११ गते नयाँदिल्लीमा बस्ने यसअघि नै तय भएको छ ।

मन्त्री महतले प्रचण्डको भारत भ्रमणमा भएका सहमतिको यथाशीघ्र कार्यान्वयन गर्न नेपाल तयार भएको बताए । परियोजना कार्यान्वयनका लागि केन्द्रदेखि स्थानीय संयन्त्र निर्माणका विषयमा पनि कुराकानी भएको उनले जानकारी दिए ।

दुईपक्षीय बैठक साँझ १० बजे तय भए पनि सवा ११ बजे सुरु भएको थियो । रात्रिभोजपछि आधा घन्टाका लागि तय भेटवार्ता राति अबेर भएका कारण २० मिनेटमा टुंगिएको थियो । भेटवार्तामा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणबारे चर्चा भएको थियो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति प्रणव मुखर्जीको भ्रमणका लागि नेपालले व्यग्र प्रतीक्षा गरेको बताएका थिए । राष्ट्रपतिको स्वागतका लागि नेपाल सरकारले तयारी गरिसकेको नेपाली पक्षले बताएको थियो । मुखर्जीको भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो हुने दुवै पक्षको निष्कर्ष थियो ।

सार्क शिखर सम्मेलनका लागि अझै वातावरण निर्माण नभइसकेको मोदीको भनाइ थियो । परराष्ट्रमन्त्री महतका अनुसार यसबारे प्रधानमन्त्री प्रचण्डले चासो राख्दा मोदीले उपयुक्त वातावरण निर्माण हुन बाँकी रहेको जवाफ दिएका थिए । ‘वातावरण बनेपछि सार्कको शिखर सम्मेलनका लागि उपयुक्त मिति तय गरिनुपर्छ भन्नेमा हामी सहमत भयौँ,’ महतले भने । भेटवार्तामा नेपालका तर्फबाट परराष्टमन्त्री डा. प्रकाशशरण महतसहित उच्च अधिकारी पनि सहभागी थिए । भारतका तर्फबाट विदेशसचिव एस जयशंकरसहित उच्च अधिकारी सहभागी थिए ।

ब्रिक्स र बिमस्टेक संयुक्त बैठकमा प्रचण्डले भने
बिमस्टेक सदस्य राष्ट्रहरू संस्कृति, इतिहास र भूगोलबाट जोडिएका छन् । यो सामूहिकताले सहकार्यका लागि बलियो आधार उपलब्ध गराएको छ । डेढ अर्बभन्दा बढी जनसंख्या र अढाई खर्ब डलरबराबरको कुल गार्हस्थ उत्पादन ओगटेको बिमस्टेक भविष्यमा विकास र समृद्धिको एउटा गतिशील इन्जिन बन्न सक्छ ।

हरेक प्रकारको कनेक्टिभिटीलाई उच्चतम प्राथमिकता दिइनुपर्छ । हाम्रोजस्तो भूपरिवेष्टित मुलुकलाई भौतिक रूपमा सम्पर्क विस्तार आवश्यक छ । जलविद्युत्लगायत नवीकरणीय ऊर्जाको विशाल स्रोत नेपालसँग छ । यो क्षेत्रको ऊर्जाको स्रोतलाई दोहन गर्नु आवश्यक छ । कृषिक्षेत्रमा सहकार्यलाई उच्चतम प्राथमिकता दिइनुपर्छ ।

बिमस्टेक बुुद्धिस्ट सर्किट तथा बिमस्टेक सम्पदास्थलको प्रवद्र्धनले जनस्तरको सम्पर्क र पर्यटन प्रवद्र्धनमा मद्दत पु¥याउँछ । आतंकवाद र अतिवादसँग साझा रूपमा लड्नु आवश्यक छ । आतंकवादी कार्यलाई कहीँकतै पनि छुट दिइनुहुँदैन ।

यसरी भएको थियो प्रचण्ड, मोदी र सीबीच त्रिपक्षीय भेटवार्ता
काठमाडौं-भारतको गोवामा शनिबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, भारतीय समकक्षी र चीनका राष्ट्रपतिबीच आकस्मिक त्रिपक्षीय अनौपचारिक भेटवार्ता भएको छ । भारतले रात्रिभोजमा जानुअघि वेटिङ लन्जमा तीन नेताबीच आकस्मिक भेटवार्ता भएको र उनीहरूबीच कुराकानी भएको स्पष्ट पारेको छ । नेपालले औपचारिक रूपमा नभने पनि परराष्ट्रका उच्च अधिकारीले अनौपचारिक र आकस्मिक वार्ता

नयाँ पत्रिकाबाट

प्रकाशित : १ कार्तिक २०७३, सोमबार ००:००