२ बैशाख २०८१, आइतबार । April 14, 2024

तस्बिर

सौन्दर्यकी रानी रारा



राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुन्द्री सतहदेखि दुई हजार ९ सय ७२ मिटर उचाईमा अवस्थित छ ।
जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा पार गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमीटर र अधिकतम चौडाई ३.२ किलोमीटर छ भने गहिराई उक सय ६७ मीटर छ । प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको हरियाली र मनोरम दृश्य, यसमा पाइने कस्तुरी, रतुवा जस्ता वन्यजन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत तालको सौन्दर्यतामा थप टेवा पु¥याएका छन् । rara-mirror3
यसको वरिपरी विस्तारित राष्ट्रिय निकुञ्ज एक सय ६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक सौन्दर्यता सम्पादन गर्नेे दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ महिनादेखि असोज महिनासम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली)माछा पाइन्छ । रारातालबाट करिब ३ घण्टाको पैदल यात्रा पश्चात यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट राराताल, सैपाल हिमालको समेत मनोरम दृश्यावलोकन गर्न सकिन्छ । यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य हेर्न सकिन्छ । नामाकरण सम्पादन गर्नेे राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिले रारा दह भनेर चिनिंदै आएको यस तालको नाम परिवर्तन गरी महेन्द्र तालको नामले नामाकरण गरेका थिए थिए ।

प्रकाशित : २७ आश्विन २०७३, बिहिबार ००:००