६ बैशाख २०८१, बिहिबार । April 18, 2024

रोचक

३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार



एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् । त्यस्तै ९४ छोराछोरी, १४ बुहारी र ३३ नातिनातिनी उनको परिवारका सदस्य छन् ।

भारतको मिजोरमस्थित बख्तवाङ्गमा बसोबास गर्दै आएको यो परिवार एउटै घरमा एउटै भान्छा प्रयोग गर्दै आएको छ । सय कोठा भएको चार तले घर यो परिवारले ढाकिएको छ ।
जियोनाको पहिलो विवाह सन् १९५९ मा भएको हो । उनको पछिल्लो विवाह भने सन् २००४ मा भएको थियो । यो परिवारको पेट भर्नका लागि दैनिक एक सय ३० किलो अन्न र तरकारी पाक्ने गर्दछ । मासुका लागि यो परिवारलाई एक छाकमा ३० देखि ४० वटा कुखुरा चाहिने गर्दछ । जियोनाका सबै पत्नी आज्ञाकारी छन् र आपसमा मिलेर बस्दै आएका छन् । (एजेन्सी)

प्रकाशित : २९ श्रावण २०७३, शनिबार ००:००