६ श्रावण २०८१, आइतबार । July 21, 2024

रोचक

चितामा राख्न लागिएको शव प्रहरी नियन्त्रणमा

चीनमा अहिले सिसाको पुल बनाउने क्रम जारी छ



धनगढी, ४ कात्तिक । मोहना नदी घाटमा अन्तिम संस्कारका लागि चितामा राख्न लागिएको एक शव आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले हत्या गरिएको उजुरी आएपछि शव नियन्त्रणमा लिई परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढी पु¥याइएको जनाएको छ । धनगढी उपमहानगरपालिका–२ का अन्दाजी ४१ वर्षीय नारायण उपाध्याय बिहान घरको कोठामा मृत फेला परेका थिए । अन्तिम संस्कार गर्न शव मोहना नदी घाटमा पु¥याइँदा मृतकको मुख, नाक, कानबाट रगत बगेको देखिएपछि आफन्तले प्रहरीलाई उजुरी दिएका थिए ।

घटनाको अनुसन्धानका लागि मृतकका श्रीमती र सालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
चीनमा अहिले सिसाको पुल बनाउने क्रम जारी छ । विकासका क्षेत्रमा गतिशिल चीनले अग्लाअग्ला पहाडमा सिसाको पुल बनाउन थालेको छ । पर्यटकलाई आकर्षित गरी आयआर्जनको क्षेत्र विकास गर्न चीनले हुनान प्रान्तको जाङगजियाजी नेसनल फरेस्ट पार्कमा कइलिङ्ग ड्रेगन पाथको एक भाग सोमबार एक कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको छ ।

तियानमन माउन्टेनको अग्गो चट्टानमा जोडेर सिसाको पुल बनाइएको छ । पुलको लम्बाई एक सय मिटर छ । उक्त पुलमा ९९ घुम्ती बनाइएको छ । उचाई तथा गहिराईसँग नडराउनेका लागि यो एक गन्तव्य बन्छ । त्यहाँ पुग्ने पर्यटकले रमाउँदै फोटो खिचेका छन् ।

जोखिम लाग्ने उक्त पुलमा जाँदा मुटु ढक्क भएर फुल्ने गरेको भएपनि दृश्यावलोकनका लागि आकर्षक गन्तव्य भने अवस्य बन्ने छ ।
चीनले यो भन्दा पहिला जाङगजियानी नेसनल फरेस्ट पार्कमै पर्यटकका लागि चार सय ३० मिटर उचाई भएको पुल सञ्चालनमा ल्याइएको थियो । तीन सय मिटरभन्दा गहिरो घाँटी गरेको सिसाको पुल विश्वको सबैभन्दा लामो पुल हो ।

उचाइमा रहेको पुल देख्दा त्यहाँ आउने पर्यटक डराएपछि त्यहाँका अधिकारीहरुले मानिसले भरिएको एउटा गाडी पुलमा गुडाएका थिए। हम्मर तथा हतौडाले हानेर पनि सिसाको पुलको परीक्षण गरिएको हो ।

प्रकाशित : २९ श्रावण २०७३, शनिबार ००:००