भीमदत्तनगर, ४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ । मेची–महाकाली राष्ट्रिय अभियानको समापन अबसरमा एमालले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो— ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको छ । ’ अध्यक्ष ओलीले अभियानमा…