७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा ‘परदेशीको पिडा’ सार्वजनिक



काठमाण्डौं ।  गायक सुन्दर परियार र गायिका हिरा नेपाली को स्वरमा रहेको ‘परदेशीको पिडा’ गीतको भिडियो सार्वजनिक भएको छ । परदेशमा रहेका नेपालीहरुको आम समस्यालाई गीतमा चित्रण गरिएको छ ।

नेपाली हरुका महान पर्वमा समेत गाउँघर आउन नपाउदाको पिडालाई गीत मार्फत समेटिएको छ । हिरा नेपाली र सुन्दर परियारको शब्द तथा सुन्दर परियारको लय सिर्जना गीतमा रहेको छ । सुरेन्द्र लिम्बुको छायाँकन , विनोद बमको सम्पादन तथा श्याम विसीको निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा हिरा नेपाली, दिनेश बैरागी , अस्मि, अलि , लक्ष्मी र शम्शेरको अभिनय रहेको छ ।

प्रकाशित : १३ आश्विन २०७९, बिहिबार ००:००