१३ चैत्र २०८०, मंगलबार । March 26, 2024

Breaking

हलमा चलिरहेको फिल्म ‘ऐना झ्यालको पुतली’ ओस्कर जाँदै



काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएको छ । अहिले निकै चर्चा र प्रशंसाका साथ प्रदर्शन भइरहेको यस चलचित्रले नेपालको तर्फबाट ओस्करमा प्रतिनिधित्व गर्ने भएको हो ।

सुजित बिडारी लिखित/निर्देशित ‘ऐना झ्यालको पुतली’ लाई नेपाल अन्तर्राष्ट्रिय फिचर फिल्म छनौट समितिले सन् २०२३ को मार्चमा हुने ९५ औं ओस्कर अवार्डका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

समितिले निर्धारित मितिसम्म आवेदन परेका तीन फिल्मबाट ‘ऐना झ्यालको पुतली’लाई सफिारिस गर्ने निर्णय गरेको विज्ञप्तीमा जनाएको छ । तीन फिल्ममध्ये सिनेमाको प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरुको भावनात्मक विश्लेषण तथा प्रस्तुतिको कलात्मकता आदि पक्षलाई ख्याल गरी निर्णय गरेको समितिले जनाइएको छ । अर्को दुई फिल्म ‘प्रकाश’ र ‘राधा’को पनि आवेदन परेको थियो ।

विमल पौडेलको अध्यक्षतामा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, सामीप्यराज तिमल्सेना, लोकेन्द्र पराजुली ‘कपील’, चिरञ्जीवी गुरागाईं इन्टरनेसनल फिचर फिल्म छनोट समिति रहेको छ ।

 

चलचित्रबारे

नेपालको ग्रामिण परिवेशको कथामा तयार भएको ‘ऐना झ्यालको पुतली’ एउटा भाइको रहको कथा, एउटी दिदीको सपनाको कथा, एउटी आमाको संघर्षको कथा हो । दिग्गज व्यक्तित्व तथा चलचित्रप्रेमीले यस चलचित्रलाई ‘आफ्नै परिवेश र माटोको कथा बोकेको तथा शैलीगत रुपमा पनि उत्कृष्ट नेपाली चलचित्रको रुपमा प्रशंसा गरिरहेका छन् ।

चलचित्रमा देखिएका कञ्चन चिमरिया ९लक्ष्मी०, दिनेश खत्री, सिरु विष्ट, उमेश श्रेष्ठ, क्षितिज लिम्बु, बिषा राई, मल्लिका श्रेष्ठ, राज थापा, मदन गुप्ता लगायतका कलाकारले अभिनय गरेका छन् । रङ्गकर्मी तथा चलचित्रकर्मी केदार श्रेष्ठ र आकाश मगर कास्टिङ निर्देशक हुन् ।

भाद्र २४ देखि देशैभरको हलहरुमा चलिरहेको ‘ऐना झ्यालको पुतली’ लोकल सिनेमाको ब्यानरमा आइसफल प्रोडक्सन र अर्को फिल्मको सहकार्यमा निर्माण भएको हो । यसका निर्माता प्रवीण स्याङ्बो, आकाश पोडेल, सुजित बिडारी र रामकृष्ण पोखरेल हुन् । साथै यसमा अमर महर्जनको छायाँकन, कला संग्रौलाको निर्माण परिकल्पना, किशोर आचार्यको ध्वनि परिकल्पना, पुष्प संगीतको पाश्र्व संगीत, जानकी कडायतको भेषभुषा परिकल्पना रहेको छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार ००:००