१५ चैत्र २०८०, बिहिबार । March 28, 2024

Breaking

पुर्णिमा लामाको रुपै मोहनी सार्वजानिक



काठमाडौं । चर्चित गायिका पुर्णिमा लामाको रुपै मोहनी एल्बम सार्वजानिक भएको छ । एल्बममा लामालाई पुष्पराज बसेलले साथ दिएका छन् ।
राम कृष्ण महराको शब्द, भिम बि. सी.को संगीत तथा संगीत संयोजन आमोस तामाङको रहेको छ ।
जि.बी अग्री को निर्देशनमा तयार भएको उक्त एल्बमको छयांकन तथा सम्पादन पवन सुस्लिङको रहेको छ भने मिक्सिङ किशोर थापाले गरेका हुन । दिपक एम सिंह को नृत्य निर्देशन मा रहेको उक्त एल्बम्मा महेश खडका र बि. डि शाहको अभिनय रहेको छ भने उक्त एल्बम ओ एस आर युटुब च्यानल बाट सार्वजानिक गरिएको हो ।
चर्चित गायिका पुर्णिमा लामाले हाल करिब ५०० भन्दा बढी गीत गाई सकेकी छिन् ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलबार ००:००