८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

सन्दिपले कानुनी उपचार खोज्ने



काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफुलाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाल क्रिकेट संघ (क्यान)लाई गुहार मागेका छन् ।
हाल क्यारेबियन प्रिमियर लिग खेल्न जमैकामा रहेका लामिछानेले कानुनी उचारका लागि क्रिकेट संघलाई सहयोग मागेको हो । आफुलाई लागेको आरोप विरुद्ध कानुनी लडाई लड्ने बताउँदै सहयोग मागेको क्यानले जनाएको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको भन्दै लामिछाने विरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहारीले यस विषयमा छानबिन गरिरहेको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहिबार ००:००