४ बैशाख २०८१, मंगलबार । April 16, 2024

Breaking

सुन्दरहरैचामा आगलागी हुँदा एक जना मृत्यु



सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा आगलागीमा परि एक जना मृत्यु भएको छ ।

सुन्दरहरैचाको बेलपुरमा गए राति १० बजे बालकृष्ण गिरीको घरमा आगलागी हुँदा बेलबारी नगरपालिका –११ का कुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीले जानकारी दिएको छ । उनी एक मजदुर हुन् ।

प्रहरीका अनुसार श्रेष्ठ गिरीको घरमा रङ लगाउने काम गर्न त्यहीँ बस्ने गरेका थिए । विद्युत सर्ट भएर आगलागी हुँदा श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घरसँगै रहेको गिरीको काठ मील समेत जलेर नष्ट भएको छ । आगलागीको क्षतिको विवरण भने नआइसकेको प्रहरीले बताएको छ ।

प्रकाशित : २ भाद्र २०७९, बिहिबार ००:००