६ बैशाख २०८१, बिहिबार । April 19, 2024

Breaking

किरण चेमजोङले माल्दिभ्सको फुटबल मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव



काठमाडौं । किरण चेमजोङले माल्दिभ्सको फुटबल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर सोमबार उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

धिवेही प्रिमियर लिगको च्याम्पियन बनेको खुसीमा आफ्नो टिमलाई साक्षी राखेर प्रेमिकालाई विवाह प्रस्ताव गरेका हुन् । प्रस्ताव गरेको भिडियो चेमजोङले फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

प्रकाशित : १७ श्रावण २०७९, मंगलबार ००:००