१६ चैत्र २०८०, शुक्रबार । March 29, 2024

Breaking

सरकार आज नागरिकता सम्बन्धी विधेयक फिर्ता गर्दै



काठमाडौं । सरकारले आज बस्ने प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक फिर्ता लिने भएको छ । संसदमा विचाराधिन नागरिकतासम्बन्धि पुरानो विधेयक मगलबारको मन्त्रिपरिषद बैठकले फिर्ता लिने निर्णय गरेको थियोे ।

आज दिउँसो २ बजै बस्ने संसद बैठकमा विधेयकलाई गृहमन्त्री बालकृष्ण खाणले फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सरकारले नागरिकता सम्बन्धी नयाँ विधेयक ल्याउने तयारी गरेको गरेकाले पुरानो विधेक फिर्ता लिन लागेको हो ।

२०७५ सालदेखि संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गर्न लागेको सरकार द्रुतमार्गबाट पास गर्ने तयारीमा छ ।

विदेशी महिलालाई नेपाली पुरुषले विवाह गरेर ल्याउदा तुरुन्तै नागरिकता दिने वा ७ वर्षपछि दिने भन्ने विवाद छ ।

तत्कालीन (नेकपा) नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल परिचयपत्र दिने र ७ वर्षपछि नागरिकता दिने पक्षमा थियोे । आफु बहुमत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा यो प्रावधान पास पनि गरेको थियो ।

त्यतिबेला नेपाली कांग्रेस लगायलका दल तत्कालै नागरिकता दिने हाल कायम रहेको व्यवस्थाको पक्ष थिए ।
७ बर्षपछि नागरिकता दिने प्रावधान स्विकार्ने पक्षमा सरकार नरहेपछि पुरानो विधेयक नै फिर्ता लियो ।

सत्ता गठबन्धन बीच सहमति जुटाएर नयाँ विधेयक ल्याउने बताईएक‍ो छ ।

प्रकाशित : २३ असार २०७९, बिहिबार ००:००