८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

अर्थमन्त्री शर्माद्वारा राजीनामा



काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिनुभएको छ। बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै संसदीय छानबिनलाई सहयोग गर्न आफूले राजीनामा गरेको घोषणा गर्नुभयो ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता र सिसिटभी फुटेज मेटाइएको प्रकरणमा शर्माको चर्को आलोचना भएको थियो । संसदमा उहाँको राजीनामा मागिएको थियो ।
यस विषयमा छानबिन गर्न आजै संसदीय विशेष समिति गठन भएको छ ।

प्रकाशित : २२ असार २०७९, बुधबार ००:००