३० चैत्र २०८०, शुक्रबार । April 12, 2024

मनोरञ्जन

नविन र क्रिस्टिना थापाको अभिनय रहेको तिम्रो यादले गीत दर्शकले रुचाए



 

काठमाडौं । प्रमोद खरेल र अन्जु पन्तको स्वरमा रहेको ’तिम्रो यादले’ बोलको गीत दर्शकले निक्कै रुचाएका छन् । रिलिज भएको केहि महिनामै करिब तीन लाखले यूट्युबमा हेरेका छन् ।

अर्जुन पोखरेलको शब्द तथा संगित रहेको छ भने यस गीतमा नविन अधिकारी र क्रिस्टिना थापाको अभिनय देख्न सकिन्छ । गीतमा प्रेम र रोमान्सका पलहरुलाई आकर्षक रुपमा देखाइएको छ । प्रेमील जोडि विचको प्रेमलाई रमणिय स्थानमा छायाँकन गरिएको छ । सार्वजनिक गीतको भिडियो लाई नवराज उप्रेतीले छायांकन,विकाश दाहालले सम्पादन,जस बहादुर याक्खाले निर्देशन गरेका छन । गीतको भिडियोलाई हिट म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार ००:००