७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

मणिपुर पहिरोमा परी ४८ को मृत्यु



एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

एक हप्ता अघि गएको पहिरोमा परि बेपत्ताहरुेको खोजीकार्य जारी छ । नोने जिल्लाको टुपुल यार्ड रेलवे निर्माण शिविरमा पहिरो गएको थियो । रेलवे लाइन निर्माणस्थलको सुरक्षा गरिरहेका धेरै कर्मचारी मृत्यु भएको थियो ।

राष्ट्रिय प्रकोप उद्धार बल, राज्य प्रकोप उद्धार बल, प्रहरी, दमकल, सेना, स्थानीय स्वयंसेवक लगायत ४ सय बढी कर्मचारी उद्धारमा खटिएको जनाइएको छ ।

प्रकाशित : २१ असार २०७९, मंगलबार ००:००