८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

हङकङ दरबार सङ्ग्रहालय सर्वसाधारणका लागि खुला



एजेन्सी । चीनको हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर) को ‘वेस्ट काउलून कल्चरल डिस्ट्रक्ट’स्थित हङकङ दरबार संग्रहालय सर्वसाधारणका लागि खुला भएको छ ।

सुरुको प्रदर्शनीहरूमा बेइजिङको दरबार सङ्ग्रहालयले सङ्कलन गरेको ९ सस भन्दा बढी प्राचिन, सांस्कृतिक तथा सार्वजनिक महत्वका सामग्रीहरूलाई देखाइनेछ ।

सुरुको प्रदर्शनीको सुरुको चार हप्ताका लागि करिब एक लाख ४० हजार टिकटमध्ये ८० प्रतिशत टिकट बिक्री भइसके छ ।

सामान्य प्रवेशको मूल्य ५० हङकङ डलर (लगभग ६.३७ अमेरिकी डलर) छ, जबकि विशेष प्रदर्शनी टिकट १२० हङकङ डलर (१५.२९ अमेरिकी डलर) हुनेछ।

संग्रहालय उद्घाटनको पहिलो वर्षमा बुधबार सबैका लागि निःशुल्क हुनेछ ।

प्रकाशित : २० असार २०७९, सोमबार ००:००