८ बैशाख २०८१, शनिबार । April 20, 2024

Breaking

देश र जनताको हितमा काम गर्न मन्त्रीहरूलाई अध्यक्ष नेपालको निर्देशन



काठमाण्डौ । नेकपा(एकीकृत समाजवादी( का अध्यक्ष माधव नेपालले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्न नवनियूक्त मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

पार्टीको तर्फबाट हालै नियुक्त चार मन्त्री र एक राज्यमन्त्रीलाई बिहिबार केन्द्रीय कार्यालय मीनभवनमा सरकार सञ्चालन तथा जिम्मेवारी निर्वाह सम्बन्धि यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले नवनियुक्त मन्त्रीहरुलाई विकृति विसंगतिमा नफस्न र सेवा प्रवाह चुस्तदुरुस्त बनाउन निर्देशन दिनु भयो । उहाँले भन्नुभयो जनतामा सकारात्मक छाप पर्ने गरी र पार्टीको शिर उँचो हुने गरी काममा खटिन खटिनुहोला, पार्टी र सरकारको इज्जत बढाउने गरी पारदर्शी रूपमा काम गर्नुहोस ।
समाजवादीको तर्फवाट जीवनराम श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीले सहरी विकास, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवरले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रकाशित : १६ असार २०७९, बिहिबार ००:००