७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

Breaking

महानगर र उपमहानगरको सिट बाँडफाँटमा गठबन्धनको बैठक केन्द्रित



काठमाण्डौ । महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटका विषयमा सत्ता गठबन्धन दलबीच सघन छलफल भएको छ ।

महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटलाई आजै टुङ्गो लगाउने गरि छलफल भइरहेको बताइएको छ । आज बिहानदेखि सुरु भएको गठबन्धन दलका शीर्ष नेतासहित स्थानीय तह निर्वाचन तयारी परिचालन तथा अनुगमन समितिको बैठकमा सो विषयमाथि छलफल भएको हो ।
बैठक स्थगीत गरेर पत्रकार सम्मेलनमा लागि पेरिडाडा आउनु भएका नेकपा माओवादी अध्यक्ष प्रचण्ड सिधै बालुवाटार जाने भन्दै हतानु भएको थियो । उहाँका अनुसार ६ ओटा महानगर मध्ये नेपाली काग्रेसलाई तीन ओटा र बाँकी अरु दललाई एउटाएउटा बाढ्ने विषयमा सहमती नजिक पुगेको छ । र बाँकी ११ उपमहानगरपालिकाको सिट बाँडफाँटबारेमा पनि यस्तै मोडालिटी अपनाईने उहाँले बताउनु भयो ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार ००:००