८ बैशाख २०८१, शनिबार । April 20, 2024

International

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाए



काठमाडौँ ।  विश्वभर कोरोना भाइरस विरुद्धको खोपले तिब्रता पाइरहेको छ । खोपको विश्वसनियता बिढरहेको र कोरोना विरुद्धको लडाइ जित्न विश्वका शक्तिशालि मुलुकहरु लागिरहेका छन् । भारत पनि कोरोना विरुद्धको दोस्रो चरणको लडाई लडिरहेको छ ।

यसैविच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान एम्स अस्पतालमा कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

एजेन्सीका अनुसार मोदीले स्वदेशमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका हुन् । कोभ्याक्सिन भारतीय कम्पनी वायोटेकले उत्पादन गरेको हो ।

भ्याक्सिन लगाएपछि प्रधानमन्त्री मोदीले ट्वीटरमा लेखेका छन्, ‘आउनुहोस् मिलेर भारतलाई कोभिड १९ बाट मुक्त बनाऔं ।’

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार ००:००