१० चैत्र २०८०, शनिबार । March 23, 2024

खेलकुद

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षक फिलिप्स



काठमाडौं। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली महिला राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त गरेको छ। उनी अष्ट्रेलियाका हुन्।

एन्फाको प्राविधिक निर्देशकका रूपमा कार्यरत छन्। प्रशिक्षक हरि खड्काले राजिनामा दिएपछि नेपाली महिला राष्ट्रिय टोली प्रशिक्षकविहीन थियो।

खड्काले १३ औं दक्षिण ऐसियाली खेलकुद (साग) पछि राजिनामा दिएका थिए। उनी हाल एन्फोको महिला विभाग प्रमुख पदमा कार्यरत छन्।

रिक्त रहेको प्रशिक्षक पदमा एन्फाको पाँच सदस्यीय प्राविधिक समितिले फिलिप्सलाई प्रशिक्षकका लागि प्रस्ताव गरेको थियो।

समितिको प्रस्तावलाई स्वीकार्दै एन्फाले उनलाई प्रशिक्षक बनाएको हो।

प्रशिक्षक पाएसँगै अब एन्फाले महिला साफ च्याम्पियनसिप र एएफसी महिला एसियन कप छनोट खेलको तयारीका लागि महिला टिमको बन्द प्रशिक्षण शुरु गर्ने जनाएको छ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार ००:००