७ बैशाख २०८१, शुक्रबार । April 19, 2024

तस्बिर

नागढुङ्गा – नौबिसे सुरूङमार्ग निर्माणको कामले गति लियो : मन्त्री नेम्बाङ्ग



लक्ष्मण गजुरेल / काठमाडौं।

प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले निर्माणाधिन नागढुंगा–नौबिसे सुरुङमार्गको आज अवलोकन निरिक्षण गरेका छन् ।

निरिक्षणपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले नागढुंगा–नौबिसे सुरुङमार्गले गति लिएको बताएका छन् । उनले निर्माणको गतिलाई हेर्दा समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे । उनले भने ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यूले एक बर्ष अघि शिलान्यास गर्नु भएको यो सुरुङमार्ग नै देशको पहिलो आधुनिक सुरुङमार्ग हो । आज पनि पधानमन्त्री ज्यू सहित हामी निक्षिण गर्न आएका छौं । सबै प्रगती हेर्दा समय अवधि भित्र नै काम सम्पन्न हुने देखिन्छ ।’

मन्त्री नेम्बाङ्गले भने ‘४२ महिनाको निर्माण अवधिमा १५ महिना सकिएको छ । अझै २७ महिना बाँकी छ, पछिल्लो समय पर्व–पश्चिम तर्फबाटै कामले गति लिएको छ । उक्त कामलाई अनुमान गर्दा समयमै निर्माणको काम सम्पन्न हुन्छ ।’

यो आयोजना जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोग र नेपालको समेत लगानीमा निर्माण भइरहेको छ । २०.६ अर्व लागत अनुमान गरिएकोमा जापान सरकार र नेपाल सरकारबीच २२ डिसेम्बर २०१६ मा सम्झौता भए अनुसार १५.८ अर्व दातृसंस्था जाइका र करिब ४.८ नेपाल सरकारले व्यहोर्ने उल्लेख छ ।

सुरूङमार्ग निर्माणको जापानीज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेशनले गरिरहेको छ । हाजमासंग सेप्टेम्बर २०१९ मा ठेक्का सम्झौता भएको थियो ।


यो सुरुङमार्गको लम्बाई २.६८ किलोमिटर रहेको छ । दुई लेनको चौडाईको बीचमा १.५ रुम्बल स्टी«प र दुवैतर्फ ०.५ मिटरको नाली रहनेछ ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००