७ बैशाख २०८१, शुक्रबार । April 20, 2024

अर्थ

मन्त्री तुम्बाहाङ्फेद्वारा ताप्लेजुङको मालपोत र नापी कार्यालय उद्घाटन



काठमाडौं ४ फागुन । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले ताप्लेजुङमा नवनिर्मित मालपोत र नापी कार्यालय उदघाटन गर्नु भएको ।
मौसमका कारण सदरमुकाम फुङलिङका लागि जहाज उडान नभएपछि मन्त्रालयबाटै भर्चुअल माध्यमबाट मन्त्री तुम्बाहाङ्फेले मालपोत र नापी कार्यालय उदघाटन गर्नुभएको हो ।
मन्त्री तुम्बाहाङ्फेले सरकारले मालपोत, नापी जस्ता कार्यालयलाई व्यवस्थित गर्दै सेवाग्राहीलाई सहज बनाउँदै लैजाने जानकार । उहाँले कर्मचारीलाई सेवामा रहँदा आफ्नो दायित्व नबिर्सन आग्रह गर्नुभयो । ‘कानूनभन्दा बाहिर गएर कसैले केही गर्न पाउँदैन,’ उहाँले भन्नुभयो ।
कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले केन्द्रमा भूमि सम्बन्धी समस्या समाधान आयोग र जिल्लामा ७७ जिल्ला समिति गठन भएको उल्लेख गर्दै स्थानीय तहसँग मिलेर काम गर्न आग्रह गर्नुभयो । आयोगमा मालपोत र नापीका प्रमुखहरु पनि जिल्ला समितिमा रहनुहुनेछ ।
आयोगको काममा जनप्रतिनिधिहरुसमेत जोडिनुभएकाले उहाँहरुलाई ऐनअनुसार जिम्मेवार भएर काम गर्न अपिल गर्नुभयो ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार ००:००