काठमाडौँ २९ माघ । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले प्रश्न गर्नेहरूलाई झ्यालखानामा राखेर तर्साउन खोजेको भन्दै आपत्ति जनाएका छन्।
थापाले ट्वीट गर्दै पक्राउ पर्नु आपत्ती जनक भएको स्पस्ट पारेका हुन् । बोलेकै आधारमा कसैलाई पक्राउ गर्नु न्याय संगत नभएको नेता थापाको तर्क छ ।
बिहीबार प्रचण्ड नेपाल पक्षकी नेता रामकुमारी झाँक्रीलाई राज्यविरूद्धको कसूर आरोपमा महानगरीय अपराध महाशाखाका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीको टोलीले पक्राउ गरेको बताइएको छ ।
पक्राउ गरे लगत्तै थापाले बोलेकै भरमा कसैलाई पक्राउ गर्नु गलत भएको उल्लेख गरेका हुन् ।
प्रतिक्रिया