१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Uncategorized

पर्यटनमन्त्री ढकाल र इजरायली राजदूतबीच भेटवार्ता



काठमाडौं। नेपालका लागि इजरायली राजदूत खनान गोडेरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटवार्तामा मन्त्री ढकाल र राजदूत गोडेरबीच पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको छ।

मन्त्री ढकालले नेपाल – इजरायल सिँधा हवाइ सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।

त्यसका लागि राजदूत गोडेरलाई सहजीकरण गर्न अनुरोध गरे। त्यसबारे गोडेरले सकारात्मक रहेको बताएका थिए।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००