२ चैत्र २०८०, शुक्रबार । March 15, 2024

मुख्य खबर

बेँसीसहर–चामे सडक आजदेखि तीन दिनका लागि बन्द हुने


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । गण्डकी प्रदेशअन्तर्गत पहाडी र हिमाली जिल्ला जोड्ने एक मात्र बेँसीसहर–चामे सडक आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ।

लमजुङ र मनाङ जोड्ने त्यस सडकको स्तरोन्नति गर्नका लागि मङ्गलबार बिहान १०ः०० बजेदेखि बिहीबार राति १०ः ०० बजेसम्मका लागि पूर्णरुपमा बन्द गरिने भएको बताइएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो ।

त्यस सडकखण्डअन्तर्गत लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका– ४ स्यागेनिरको सडकमा ढलान कार्य हुने र त्यस ठाउँमा सडक निकै साँघुरो भएकाले सानाठूला सबै प्रकारको गाडी आवतजावतमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताएका छन् ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००