७ माघ २०८१, सोमबार । January 20, 2025

मुख्य खबर

चिठ्ठा बेच्ने युवक पक्राउ


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।  भारतीय एक युवकलाई चिठ्ठा बेच्दै हिँडेको आरोपमा झापामा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा २२ वर्षीय एमडी समीर रहेका छन्। उनलाई आज बिहान वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी प्रवक्ता तथा डीएसपी राकेश थापाले चार हजार मुल्य बराबरको चिठ्ठा बेच्न घुमिरहेको अवस्थामा समीरलाई पक्राउ गरिएको बताए। उनको साथबाट प्रहरीले चिठ्ठा बरामद गरेको छ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००