८ बैशाख २०८१, शनिबार । April 20, 2024

International

रोनाल्डोमाथि अनुसन्धान अघि बढाइयो


१८ माघ २०७७, आइतबार ००:००

0
Shares

काठमाडौँ १८ माघ ।   इटालियन सरकारले कसैलाई पनि बाहिर घुम्न वा बिदा मनाउन अनुमति दिएको छैन । गत वर्ष इटालीमा कोरोना भाइरस कोभिड–१९ महामारीका रूपमा फैलिएको थियो ।

इटाली सरकारले २०२१ मा कोभिड–१९ माथि नियन्त्रण गर्ने उद्देश्यले नै स्वदेशी तथा विदेशीलाई सिमाना, एक सहरबाट अर्के सहरमा मनोरञ्जन वा बिदा मनाउने अनुमति दिएको छैन । युभेन्ट्सका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले यो प्रोटोकल तोडेका छन् । प्रहरीले रोनाल्डोमाथि अनुसन्धान प्रक्रिया सुरु गरेको इटालीबाट प्रकाशित हुने कोरिएरे डेलो स्पोर्टस् पत्रिकाले उल्लेख गरेको छ ।

रोनाल्डो केही दिनअघि आफ्नी प्रेमिका जर्जिना रोड्रिग्वेजको जन्मदिन मनाउन टुरिनभन्दा ९३ माइल टाढा लक्जरी रिसोर्टमा पुगेका थिए । प्रेमिका जर्जिनाको २७औँ जन्मोत्सव भव्य रूपमा मनाउन रोनाल्डो सपरिवार इटालीकै अति नै महँगो भाले डी आओस्टा स्की रिसोर्टमा पुगेको डेलो स्पोर्टस्ले उल्लेख गरेको छ ।

सामाजिक सञ्जालमा रोनाल्डो र उनकी प्रेमिकाबीचको फोटो सेयर भएपछि मात्र नियम तोडिएको थाहा पाइएको हो । त्यसपछि मात्र रोनाल्डोमाथि अनुसन्धान अघि बढाइएको हो ।

प्रकाशित : १८ माघ २०७७, आइतबार ००:००