काठमाडौँ १७ माघ । नायिका आँचल शर्माको बिहेपछि पनि म्यूजिक भिडियोको रफ्तार कम भएको छैन । आँचल श्रीमान् उदिप श्रेष्ठसँग मिलेर चलचित्र बनाउने तयारी पनि गरिरहेकी छिन् ।
आफूले गरिरहेको काम सुखद तरिकाले अगाडि बढिरहँदा आँचलको बिषयमा कुरा गर्ने, ट्रोल बनाउने वा उनको सफलतामा डाहा गर्ने पनि बढिरहेका छन् ।
आँचलले आफूले गरिरहेको कामको बिषयमा चिन्ता नलिन आग्रह गरेकी छिन् ।
आफ्ना बिषयमा भन्दा पनि आफूले गरिरहेको कामलाई लिएर चिन्ता किन भैरहेको छ भनेर चिन्ता लिन आँचलले आग्रह गरेकी हुन् ।
आँचलले घुमाउरो तरिकाले आफ्नो सफलतामा डाहा नगर्न भन्न खोजेकी छिन् ।
प्रतिक्रिया