११ बैशाख २०८१, मंगलबार । April 24, 2024

खेलकुद

नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने


८ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ । आउँदो संस्करणको इण्डियन प्रिमियर लिग आईपीएल का लागि दिल्ली क्यापिटल्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई फुकुवा गर्ने भएको छ । गएको संस्करणमा एक खेलमा पनि मौका नपाएका सन्दीपलाई दिल्ली फुकुवा गर्ने निर्णय गरेको हो । क्रिकबजका अनुसार दिल्लीले सन्दीपसँगै एलेक्स केरी, कीमो पल, तुषार देशपाण्डे र मोहित शर्मालाई फुकुवा गर्ने निर्णय गरेको हो ।

आईपीएलको आउँदो संस्करणको अक्सन फेब्रुअरीको दोस्रो हप्तातिर हुन सक्ने बताइएको छ ।

प्रकाशित : ८ माघ २०७७, बिहिबार ००:००